News Category 2078/06/07
अनुगमन समितिद्वारा लाखौंको अयोग्य बस्तु नष्ट, दुई व्यापारीलाई कारवाही
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
संयुक्त बजार अनुगमन टोलीले बुधबार सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुर बजारका विभिन्न किराना पसल, होटल, औषधी पसललगायतबाट अखाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गर्नुका साथै दुई व्यापारीलाई कारवाही समेत गरेको छ ।
दशैं, तिहार जस्ता चाडवाड नजिकिदै गर्दा स्थानिय बजारमा म्याद गुज्रेका अखाद्य बस्तु खुलेआम बिक्रि भइरहेको जनगुनासो आएपछि जिल्लाको बजारमा अनुगमन थालिएको हो ।
अनुगमनका क्रममा कल्याणपुर बजारका अनिल ट्रेडर्स एण्ड खरीद बिक्रि पसललाई पाँच हजार तथा शिव किराना ट्रेडर्सलाई २० हजार जरिवाना समेत गरिएको छ ।
अनिल ट्रेडर्सबाट म्याद गुज्रेका खाने तेल, मसाला, ग्लुकोज, पानमसाला लगायतका सामाग्रि बरामद भएको संयुक्त अनुगमन टोलीका प्रमुख समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिए ।
यस्तै शिव किराना पसलबाट म्याद गुज्रेका बियर, चिसो पेय पदार्थ, मसाला, ग्लुकोज, भुजिया लगायतका सामाग्रि बरामद भएको उनले बताए । अनुगमनका क्रममा बजारका अन्य पसलहरुबाट पनि विभिन्न प्रकारका लाखौं मुल्यका अखाद्य बस्तु र म्याद गुज्रेका बस्तु जफत गरि तत्कालै आगो लगाएर नष्ट गरिएको छ ।
अनुगमनका क्रममा निर्मल जल उद्योगद्वारा उत्पादित बिना लेवलका २१ थान पानीको जार समेत नियन्त्रणमा लिई नष्ट गरिएको छ । अनुगमनबाट पसल दर्ता नगरि गैरकानुनी रुपमा संचालन गरिएका, दर्ता नभएका, साइन बोर्ड नराखी संचालनमा भएकालाई कानुनको दायरामा आउनका लागि सचेत समेत गराइएको छ ।
चाडपर्व नजिकिदै गर्दा बजारमा म्याद गुज्रेका, अखाद्य बस्तु खुल्ला बिक्रि बितरण भइरहेको जानकारी आएपछि अघिल्लो दिन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा बसेको बैठकले बजार अनुगमन कडाईका साथ अघि बढाउने निर्णय गरेको थियो ।
संयुक्त बजार अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन, उद्योग बाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च लगायतका कार्यालय, संघसंस्थाका प्रतिनिधि सहभागि रहेको खाद्य प्रविधि अधिकृत सुरेश सिंहले जानकारी दिएको छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ