News Category 2078/06/07
जितिया पर्वमा विदाको माग
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखामा आवद्ध महिला संचारकर्मीहरुले बुधबार जितिया पर्व समारोह २०७८ को आयोजना गरि मनाएका छन् ।
पत्रकार महासंघ सप्तरीकी महिला उपाधयक्ष समेत रहेकी अम्बिका दहाल, केन्द्रिय सदस्य ललिता साहका साथै महिला संचारकर्मी सुधा देव, रश्मी झा, प्रियासिंह थारु लगायतको अगुवाईमा गरिएको समारोहमा जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि समेत सहभागि भए ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रवण देव, पूर्वअध्यक्ष विष्णु मण्डल, धिरेन्द्र साह, बोदेबरसाइन नगरपालिकाकी उपप्रमुख मन्जु साह, महिला नेतृ पुनम यादव, सुनिता साहलगायतले जितिया पर्व परम्परागत र सामाजिक विविध गतिविधीका साथ मनाउनु पर्नेमा जोड दिँदै शुभकामना दिएका थिए । कार्यक्रमका अधिकांश सहभागि वक्ताले जितिया पर्वको महत्वलाई आत्मसाथ गर्दै सरकारले उक्त पर्वका अवसरमा सार्वजनिक विदा दिनुपर्ने माग समेत गरेका थिए ।
पुत्रको सुख, शान्ति र दिर्घायुका लागि महिलाले उपवास र पूजा गरेर यो पर्व मनाउने चलन छ । यसलाई जितुवाहन पर्व पनि भनिन्छ । जित महान भगवानको पूजा आजा गरि मनाइने यो पर्व यस पल्ट सोमबार नुहाई खुवाई विधीबाट सुरु भइ बुधबार साँझ सम्पन्न हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ