News Category 2078/06/07
जितिया पर्वमा विदाको माग

दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखामा आवद्ध महिला संचारकर्मीहरुले बुधबार जितिया पर्व समारोह २०७८ को आयोजना गरि मनाएका छन् ।
पत्रकार महासंघ सप्तरीकी महिला उपाधयक्ष समेत रहेकी अम्बिका दहाल, केन्द्रिय सदस्य ललिता साहका साथै महिला संचारकर्मी सुधा देव, रश्मी झा, प्रियासिंह थारु लगायतको अगुवाईमा गरिएको समारोहमा जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि समेत सहभागि भए ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रवण देव, पूर्वअध्यक्ष विष्णु मण्डल, धिरेन्द्र साह, बोदेबरसाइन नगरपालिकाकी उपप्रमुख मन्जु साह, महिला नेतृ पुनम यादव, सुनिता साहलगायतले जितिया पर्व परम्परागत र सामाजिक विविध गतिविधीका साथ मनाउनु पर्नेमा जोड दिँदै शुभकामना दिएका थिए । कार्यक्रमका अधिकांश सहभागि वक्ताले जितिया पर्वको महत्वलाई आत्मसाथ गर्दै सरकारले उक्त पर्वका अवसरमा सार्वजनिक विदा दिनुपर्ने माग समेत गरेका थिए ।
पुत्रको सुख, शान्ति र दिर्घायुका लागि महिलाले उपवास र पूजा गरेर यो पर्व मनाउने चलन छ । यसलाई जितुवाहन पर्व पनि भनिन्छ । जित महान भगवानको पूजा आजा गरि मनाइने यो पर्व यस पल्ट सोमबार नुहाई खुवाई विधीबाट सुरु भइ बुधबार साँझ सम्पन्न हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ