News Category 2078/06/09
अस्पतालमा फर्मासिष्टहरुको नियुक्ती हुने : मन्त्री साह

राजविराज/विश्व फर्मासिष्ट दिवस २०७८ को अवसरमा शनिबार एक कार्यक्रम गरि मनाइएको छ ।
नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा आयोजित कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेशका सबै अस्पताल र स्वास्थ्य संस्थाहरुमा आउँदो कात्तिक महिनादेखी फर्मेसिष्टहरुको नियुक्ति प्रक्रिया अगाडी बढाउने बताएका छ ।
कार्यक्रमलाई सम्बोधन गर्दैैै मन्त्री साहले सरकारी अस्पतालमा मात्र नभई सम्र्पूर्ण निजि स्वास्थ्य संस्था तथा क्लिनिकहरुमा समेत फर्मेसिष्ट नियुक्त गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गरे ।
कार्यक्रममा मन्त्री साहले कोरोना संक्रमणका ज्यान गुमाएका राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत फार्मेसिष्ट राजन कुमार साफिका परिवारलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरे । सोही कार्यक्रममा मन्त्री साहले मरनोपरान्त औषधी ब्यवसायीमा लामो समयदेखी योगदान पुर्याएका रमेश प्रसाद साह, रामहरि साह, चान्सी सेन लगायत पाँच जनाको परिवारलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरे ।
नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति सप्तरीका अध्यक्ष सुजित कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख डा. रोहित पोखरेल, गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झा, छिन्नमस्ता अस्पतालका संचालक शैलेन्द्र मोहन झा लगायतका वक्तहरुले मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ