News Category 2078/06/09
सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएकोप्रति चिन्ता
राजविराज/नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले पूर्वाधारको प्रचुरता रहँदा रहँदै पनि सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएको प्रति चिन्ता व्यक्त गरेका छन् ।
सप्तरी उद्योग वाणिज्य संघको ११औं साधारण सभाको शनिबार राजविराजमा उद्घाटन गर्दै उनले उक्त चिन्ता व्यक्त गरेका हुन् । उनले कुनै पनि ठाउँमा विकासका लागि स्थानीय श्रोत साधनको अधिकतम उपयोग हुनु आवश्यक समेत रहेको बताए ।
पूर्व अध्यक्ष ढकालले विकासको गति अघि बढाउनका लागि जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि तथा प्रवुद्ध वर्गसित यसबारे छलफल चलाउन आग्रह पनि गरे ।
कार्यक्रममा संघले दुई दशकदेखी पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सञ्चारकर्मी मनोज कुमार माझीसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
यस्तै शिक्षा र स्वास्थ्यतर्फ शैलेन्द्र मोहन झा, खेलकुद तर्फ पुस्तिका चौधरी, महिला सशक्तिकरणतर्फ मिरा देव र सर्वाधिक राजश्व बुझाउने बाणिज्य तर्फ श्यामबाबा इन्टरप्राईजेज सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि ढकालले उनीहरुलाई कदर पत्रबाट सम्मान गरेका थिए ।
सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक काममा उल्लेखनीय भुमिका निर्वाह गरेवापत ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, माछापुच्छ«े बैंकलाई कार्यक्रममा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरी प्रसाद भट्टराई, महासंघका डिवी बस्नेत, दुर्गालाल श्रेष्ठ, किशोर प्रधान, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशी लगायतले शुभकामाना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ