News Category 2078/06/10
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा अस्थायी बसोवास सामाग्रि सहयोग
दैनिक समाचारदाता
राजविराज, १० असोज ।
सप्तरीका बाढीपीडितलाई भारत सरकारले अस्थायी बसोवासका लागि विभिन्न सामाग्रि सहयोग प्रदान गरेको छ ।
भारत सरकारले सप्तरीका बाढी तथा आगलागि पीडित परिवारका लागि करिब ४३ लाख मुल्य बराबरका विग टेन्ट ३० थान, सिंगल फेमिली टेन्ट ५५ थान, डबल फेमिलि टेन्ट २५ थान र दुई सय थान म्याट सहयोग प्रदान गरेको हो ।
सप्तरी सदरमुकाम राजविराजमा आइतबार नेपाल–भारत महिला मैत्री समाज काठमाडौंद्वारा आयोजित “बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारहरुका लागि अस्थायी बसोवास राहत सामाग्रि हस्तान्तरण कार्यक्रम” मा समाजकी अध्यक्ष समेत रहेकी सांसद चन्दा चौधरीले जानकारी दिइन् ।
यस्तै उनले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका सप्तरीसहित सिरहा, महोत्तरी, बारा, पर्सा, रौतहट, धनुषा, सर्लाही, रुपन्दही र नवलपरासी गरि १० जिल्लामा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि भारत सरकारले उपलब्ध गराएको बताइन् ।
विपद् पीडितहरुका लागि भारत सरकारको तर्फबाट सहयोग स्वरुप प्राप्त राहत सामाग्रि प्रमुख जिल्ला अधिकारी जनार्धन गौतमलाई हस्तान्तरण गर्दै विभिन्न प्रकोपबाट पीडामा परेका जिल्लाका बास्तविक पीडितहरुको पहिचान गरि त्यहासम्म पुर्याइदिन अनुरोध पनि गरिन् ।
उनले विभिन्न खाले विपद्मा परेर घरबार विहीन भएकाहरुको अस्थायी बसोवासका लागि भारत सरकारले ५ करोड ३९ लाख ४० हजार ८ सय मुल्य बराबरको राहत सामाग्रि आफ्नो संस्था मार्फत सहयोग गरेको बताउँदै यसको सदुपयोग हुनु पर्नेमा जोड दिईन् ।
जिल्लाका पीडितहरुका लागि प्राप्त सहयोग बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले सम्बन्धीत ठाउँका जनप्रतिनिधी र स्थानिय भरभलादमीको समन्वयमा बास्तविक पीडितको पहिचान र आवश्यक प्रक्रिया पुरा गरि छिटै बितरण गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा लोसपा नेता सुनिल झा, दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष नवीन कुमार गुप्तालगायतले सहयोगका लागि भारत सरकारप्रति आभार व्यक्त गर्दै प्राप्त सहयोगको सदुपयोग हुनुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ