News Category 2078/06/12
सर्वश्यसहित जन्मकैद फैसला भएको फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
साविकको राजविराज ८ निवासी रामएकवाल सिंहको बञ्चरो प्रहार गरि हत्या गर्ने एक फरार प्रतिवादीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
१६ वर्षअघि बञ्चरो प्रहार गरि सिंहको हत्या गरेका सप्तरीको विष्णुपुर गाउँपालिका ६ बस्ने मनोज कुमार यादवलाई विशेष सुराकीको आधारमा प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
उनलाई राजविराज ६ स्थित एक स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्त्रीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
घटना बिवरण अनुसार सिंहको २०६२ साल बैशाख २ गते साँझ हत्या भएको थियो । बजारबाट घर फर्किने क्रममा सिंहमाथी यादवसमेतले बञ्चरो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । घटना लगत्तै उनी फरार भएका थिए ।
उक्त हत्याकाण्डको सर्वोच्च अदालतले २०७४ साल माघ ९ गते यादवलाई सर्वश्यसहित जन्मकैदको फैसला सुनाएको थियो ।
यता पक्राउ परेका यादवलाई मंगलबारै सप्तरी जिल्ला अदालतमा उपस्थित गराई आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ