News Category 2078/06/12
सर्वश्यसहित जन्मकैद फैसला भएको फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
साविकको राजविराज ८ निवासी रामएकवाल सिंहको बञ्चरो प्रहार गरि हत्या गर्ने एक फरार प्रतिवादीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
१६ वर्षअघि बञ्चरो प्रहार गरि सिंहको हत्या गरेका सप्तरीको विष्णुपुर गाउँपालिका ६ बस्ने मनोज कुमार यादवलाई विशेष सुराकीको आधारमा प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
उनलाई राजविराज ६ स्थित एक स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्त्रीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
घटना बिवरण अनुसार सिंहको २०६२ साल बैशाख २ गते साँझ हत्या भएको थियो । बजारबाट घर फर्किने क्रममा सिंहमाथी यादवसमेतले बञ्चरो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । घटना लगत्तै उनी फरार भएका थिए ।
उक्त हत्याकाण्डको सर्वोच्च अदालतले २०७४ साल माघ ९ गते यादवलाई सर्वश्यसहित जन्मकैदको फैसला सुनाएको थियो ।
यता पक्राउ परेका यादवलाई मंगलबारै सप्तरी जिल्ला अदालतमा उपस्थित गराई आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ