News Category 2078/06/12
उपवासमा बसेकी महिला बाल शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना
दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
जितिया पर्वको उपवासमा बसेकी सप्तरीका बाल शिक्षकहरुद्वारा मंगलबार दोश्रो दिन पनि धर्नालाई निरन्तरता दिएका छन् ।
सरकारले बृद्धि गरेको तलब उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रेका महिला बाल शिक्षकहरुले दोश्रो दिन पनि राजविराज नगरपालिका कार्यालयमा दुई घण्टा धर्ना दिएका हुन् ।
अघिल्लोे दिन एक घण्टा धर्नामा बसेकी महिला शिक्षिकाहरुले दोश्रो दिन उनीहरुले बिहान ११ बजेदेखी दिनको १ बजेसम्म दुई घण्टा नगरपालिका कार्यालय परिसरमा धर्ना दिए ।
विद्यालयका बाल शिक्षक, बाल विकास सहयोगि र कर्मचारीको सरकारले तलब बृद्धि गरेपनि आफूहरुले नपाएको गुनासो गर्दै धर्नामा बसेको बताएका छन् ।
यसअघि ज्ञापन पत्र बुझाउने, पेन डाउन गर्ने, हातमा कालो पट्टी बाँधेर पठनपाठनमा सहभागि हुने। सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम र धर्ना लगायत कार्यक्रम गरेकोमा प्रथम चरणको आन्दोलन कार्यक्रम मंगलबार सम्पन्न भएको र माग पूरा नगरिए जितिया पर्व सम्पन्न भएपछि दोश्रो चरणको आन्दोलन कार्यक्रम पत्रकार सम्मेलन मार्फत घोषणा गरिने संघर्ष समितिले जनाएको छ ।
नेपाल सरकारको २०७८ को बजेट अनुसार बृद्धि गरेको २ हजार र स्थानिय सरकारबाट ७ हजार दिने भनिएपनि आफूहरु पाउन नसकेको संघर्ष समितिकी सदस्य सचिव विभा झाको भनाई छ ।
पहिलादेखी पाइरहेको ६ हजार र थप गरिएको २ हजार गरि ८ हजार तथा सम्बन्धीत नगरपालिका र गाउँपालिकाबाट ७ हजार थप गरि १५ हजार तलब दिनु पर्ने आन्दोलनकारी शिक्षिकाहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ