News Category 2078/06/14
लोसपाको सबै पदबाट लेखीले दिए राजिनामा

दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रिय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले बिहीबार पार्टी परित्यागको घोषणा गरेका छन् ।
नेता लेखीले सामाजिक संजालमार्फत पार्टी परित्याग घोषणाको पत्र सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको पत्रमा लेखीले पार्टीको सबै जिम्मेवारीबाट राजिनामा गरि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
उनको “पार्टीको केन्द्रिय कार्यकारिणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनैतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा पार्टीको सबै पदबाट राजिनामा गर्दछु” पत्रमा उल्लेख गरेका छन् ।
एमाले पृष्ठभूमिका लेखीले २०६८ सालमा एमाले छाडी आफुनो अध्यक्षतामा नेपाल नागरिक पार्टी गठन गरेका थिए । नेता लेखीले तत्कालिन राजेन्द्र महतोको सद्भावाना पार्टीसंग एकता गरेका थिए । पछि उनी राजपा हुँदै जसपाको केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा श्रम तथा रोजगार बिभाग प्रमुख भए ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा उनी सप्तरी क्षेत्र नं. १ को क बाट तत्कालिन राजपाबाट उम्मेदवार बनेका थिए । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) को महामन्त्री तथा नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष भएको लेखीले बेला थरुहट आन्दोलन तथा समग्रमा आदिवासी जनजातिको आन्दोलनको अगुवाइ गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
- 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ