News Category 2078/06/15
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
सप्तरीको राजगढ गाउपालिका वडा नं. ३ स्थित दिनाभद्री खानेपानी सरसफाई आयोजना निर्माणको एक कार्यक्रम बिच शुक्रबार शिलान्यास गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्धन गौतम, राजगढ गाउपालिका अध्यक्ष परमानन्द यादब र महुली सामुदायिक विकास केन्द्र नेपालका निर्देशक प्रभुनारायण चौधरीले संयुक्त रूपमा उक्त आयोजनाको शिलान्यास गरेका हुन् ।
नर्घाे पछवारी टोलस्थित दलित बस्तीमा स्थानिय जिराय सदाले ६ धुर जग्गा उपलब्ध गराएपछि बिएमजेड/ भिसिए/डब्लुएचएच एनपिएल–१०६०–१८ को सहयोग, महुली समुदाय बिकास केन्द्र नेपालको सहकार्य र राजगढ गाउँपालिकाको साझेदारीमा उक्त खानेपानी आयोजनाको निर्माण गर्न लागिएको हो ।
गाउँपालिकाको ७५ लाख, भिसिएको ५० लाख तथा बाँकी उपभोक्ता समितिको श्रमदान गरि कुल १ करोड ३३ लाख ११ हजार ८ सय ७१ रूपैयाको लागतमा १ सय २५ घरधुरीका लागि खानेपानी आयोजना निर्माण गरिने गाउपालिका अध्यक्ष परमानन्द यादबले बताए ।
२०७८ असोज ७ गतेदेखि सुरू भई चैत्र मसान्त भित्र उक्त कार्य सम्पन्न गर्ने सम्झौता भएको महुली सामुदाय बिकास केन्द्र नेपालका निर्देशक प्रभुनारायण चौधरीले जानकारी दिए ।
उक्त अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ, नेपाल पत्रकार महासंघका सहसचिवद्वय चन्दनकुमार यादब, गोपाल गुप्ता लगायत स्थानियबासीहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ