News Category 2078/06/16
अख्तियारको छापा बिरुद्ध जसपा युवा बिद्यार्थीद्वारा मसाल जुलुस प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मारेको छापा बिरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले शनिबार मसाल जुलुस प्रदर्शन गरेको छ ।
जसपा निकट युवा बिद्यार्थीहरूले अख्तियारले मारेको छापाप्रति आपत्ति जनाउदै शनिवार राजबिराजमा मसाल जुलुस प्रदर्शन गरेको हो ।
स्थानिय शिवमन्दिरको प्राङ्गणबाट जसपा निकट युवा बिधार्थीहरूले निकालेको मसाल जुलुस दशन चौकमा कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै युवा बिधार्थीका जिल्ला अध्यक्ष शम्भु कुमार यादबले अख्तियारले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वाग्राही भई अमर्यादित तरिकाले छापा मारेको आरोप लगाए ।
उनले हालै अख्तियारले प्रदेश २ मा जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी पढाउ, बेटी बचाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा छिरेर सरकार प्रमुखको गरिमामा नै आघात पुर्याउने कार्य अत्यन्त आपत्तिजनक र दुराशयपूर्ण रहेको बताए ।
छापाप्रति आपत्ति, पूर्वाग्राही र अमर्यादित भएको ठहर गर्दै उनले जसपा नेपाल सधै अनियमितता, भ्रष्टाचार, कमिशनतन्त्र, माफियातन्त्र र लूटतन्त्रको विरुद्ध सुशासन र सदाचारको पक्षमा रहेको बताए ।
जसपाका महिला नेतृ रंगिला साहले राजनीतिक प्रतिशोधकै कारण विभेदपूर्ण तरिकाले छापा मारेको छ, ‘राज्यको सम्पूर्ण तह र निकायहरुमा हुने गरेका अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्नेप्रति पार्टी प्रतिबध रहेको बताईन ।
यसैगरी अर्का नेतृ गिता यादबले आयोगले भ्रष्टाचार विरुद्ध अनुसन्धान गर्न पाउने हो, तर अमर्यादित र विद्वेषपूर्ण तथा सामूदायिक एवम् राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त कार्य गलत रहेको बताईन ।
कोण सभामा बिद्यार्थी नेता तारकेश्वर यादब, सत्येन्द्र यादब, श्याम यादब, केदार यादब मबिव क्याम्पस ईन्चार्ज रंजित यादब लगायतले बोलेका थिए ।
गत बुधवार अख्तियारको बर्दिवासस्थित टोलीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छापा मारेको थियो भने ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तरगत साइकल बितरण सम्बन्धी सम्पूर्ण कागजात समेत लगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ