News Category 2078/06/16
बाल शिक्षक तथा कर्मचारीद्वारा दोश्रो चरणको आन्दोलन घोषणा, आजदेखी राजविराज नगरपालिकाको मूल गेटमै धर्ना दिने
दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
बाल शिक्षक तथा कर्मचारीहरुले सरकारले गरेको व्यवस्था अनुसार स्थानीय तहले तलब सुविधा नदिएको भन्दै तीन बुँदे माग अघि सार्दै दोश्रो चरणको आन्दोलनको घोषणा गरेका छन् ।
असोज ७ गतेदेखी पहिलो चरणको आन्दोलनको घोषणा गरेका उनीहरुको माँग असोज १४ गतेसम्म पनि पूरा नभएपछि शनिबार पत्रकार सम्मेलनको आयोजना गरि दोश्रो चरणको आन्दोलनको घोषणा गरेका हुन् ।
नेपाल पत्रकार महासंघ सप्तरीमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत असोज १७ गते आइतबारदेखी निरन्तर रुपमा बिहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म राजविराज नगरपालिकाको कार्यालयको मुल गेटमा धर्ना दिने कार्यक्रम तय भएको गठित आन्दोलन संघर्ष समितिकी संयोजक सुमित्रा दासले जानकारी दिइन् ।
समितिले नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७८/७९ को बजेट अनुसार सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षक र विद्यालय कर्मचारीहरुको तलब सुविधा उपलब्ध गराउनु पर्ने, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको छुट प्राविधिक ग्रेड तथा सामुदायिक विद्यालयमा कार्यरत भई अनिवार्य अवकाश तहत सेवा निवृत भएका शिक्षकहरुको छुट प्राविधि ग्रेड समेत उपलब्ध गराउन माग राखेको छ ।
यसअघि असोज ४ गते राजविराज नगरपालिकाको कार्यालयलाई ज्ञापनपत्र तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिमा सोको बोदार्थ पत्र बुझाउँदै आन्दोलनका कार्यक्रम उनीहरुले सार्वजनिक गरेका थिए ।
सो ज्ञापन पत्रमार्फत नै आन्दोलन कार्यक्रम सार्वजनिक गरेका उनीहरुले असोज ८ गते कालोपटी बाधेर पठनपाठनमा सहभागि, असोज ९ गते सरोकारवालाहरुलाई राखेर अन्तरक्रिया तथा असोज १० गते पेनडाउन र पूर्व घोषित कार्यक्रम अनुसार सोमबार र मंगलबार राजविराज नगरपालिका कार्यालयमा धर्ना बसेका थिए ।
संघर्ष समितिका संयोजक दासले सरकारद्वारा बाल शिक्षक र विद्यालय कर्मचारीको तलब मासिक १५ हजारका दरले कायम गरिए पनि आफूहरु सो सेवा सुविधाबाट बञ्चित रहेको र यसबारे पटक पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि आश्वासन बाहेक केही पाउन नसकेको गुनासो पोखिन ।
राजविराज नगरपालिकामा ७८ जना बाल शिक्षक तथा ४२ जना कर्मचारीहरु रहेको जानकारी दिँदै संघर्ष समितिकी संयोजक दासले आइतबारदेखी दिने धर्ना कार्यक्रममा विद्यालयको पठनपाठनमा कुनै अवरोध नगरि पालो पालै गरि धर्नामा बस्ने व्यवस्था मिलाएको बताइन् ।
जिल्लाको १८ वटा स्थानिय तह मध्ये रुपनी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजगढ गाउँपालिका, विष्णुपुर गाउँपालिका, महदेवा गाउँपालिका, सुरुङ्गा नगरपालिका र बोदेबरसाइन नगरपालिका गरि ७ वटा स्थानिय तहले मात्र बाल शिक्षकहरुको तलब १५ हजार लागु गरेको शिक्षक महासंघका केन्द्रिय महासचिव पर्शुराम यादवले जानकारी दिँदै बाँकी रहेका ११ वटा स्थानिय तह मध्ये राजविराज र खडक नगरपालिकामा संघर्ष समितिले माग पूरा गराउन आन्दोलन गरिरहेको बताए ।
आयोजित पत्रकार सम्मेलनमा यसबारे सर्वोच्च अदालतमा मुद्दा हाल्दा आफूहरुको पक्षमा फैसला भएपनि कार्यान्वयनमा राजविराज नगरपालिकाले चासो नदेखाएको गुनासो पोख्दै न्यायोचित माग पूरा गराउन आन्दोलनको बाटो रोज्न बाध्य भएको शिक्षक तथा कर्मचारीको भनाई थियो ।
आन्दोलन बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादव, शिक्षक संघका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार मण्डल, विद्यालय कर्मचारीका अध्यक्ष भगवति चौधरी, चुनचुन यादव, विश्वनाथ भदेश्वार यादव लगायत आन्दोलित शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ