News Category 2078/06/17
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास
अरुणकुमार यादव
राजविराज, १७ असोज (रासस) ।
राजविराजबाट रुपनीतर्फ आउँदै गरेको हाइसका चालक हरि मण्डललाई सडकका खाल्डाखुल्डी छल्न हम्मेहम्मे परेको छ । उनी घरीदायाँ काट्छन्, घरी बायाँ । त्यति गर्दागर्दै पनि हाइसको डम्फर ठाउँ ठाउँमा ठोकिन्छ । त्यसको आवाजसँगै यात्रुहरू तर्सिन्छन् ।
यो दृष्य कुनै कच्ची वा ग्राभेल सडकको भने होइन । राजविराजबाट रुपनीका लागि यातायातका साधनहरू गुड्ने राजविराज– रुपनी सडक खण्डको हो । लामो समयदेखि मर्मत नहुँदा चालकहरूलाई त सास्ती छ, नै यात्रुहरू पनि त्रसित छन् । “के गर्नु सडकभरी खाल्डाखुल्डी छन्, कसरी चलाउनु ?”, चालक मण्डलले भन्नुभयो, “यात्रुहरू छिटो जाउँ भन्छन्, सडकको अवस्था यस्तो छ ।” पटक पटक ब्रेक लगाउनु पर्दा गाडी तात्ने गरेको समेत उहाँको भनाइ छ ।
उहाँले दैनिक सयौंको सङ्ख्या सवारी तथा मालवाहक साधन गुड्ने यो सडकको मर्मतका लागि कुनै कसैले पनि चासो दिएको छैन् भन्नुभयो । उहाँले भन्नुभयो, “राजविराज आउन जानका लागि सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले यसै सडकको प्रयोग गर्छन् तर उनीहरूको आँखा सडकमा लाग्दो रहेनछ ।”
रुपनी रोडको पराडाइजहोटेल नजिकै खाल्डो परेको सडकका कारण दैनिक मानिसलाई आवतजावतमा कठिनाई भइरहेको पाइएको छ । जीर्ण अवस्थामा रहेको यो सडकमा दैनिक चल्ने सयौं सवारीसाधनको पार्टपूर्जासमेत हल्लिने गरेको गाडी चालकको गुनासो छ । यस्तै राजविराज रुपनी सडकखण्डको आँखा अस्पताल नजिकमा पनि २/३ फिट गहिरो खाडल छन् । जसमा दिनँहु गाडी फस्ने, जाम हुने र बिग्रिने समस्या चालकहरूले भोग्दै आएका छन् । यो सडक खण्डमा दैनिकरूपमा जेसिबी, ट्रिपर, ट्रक , बस, ट्र्याक्टर, कार दर्जनौं मात्रामा चल्ने गरेका छन् । साथै दैनिक सयौं पटक टिपर आउजाउ गर्ने गरेका कारणले सडकमा अहिले ठूलठूला खाल्डो परेर सडक बिग्रिएको अवस्थामा रहेको छ ।
“यो सडकमा गाडी हाक्नुभन्दा कच्ची सडकमा सजिलो हुन्छ । कम्तीमा कच्चीमा एक सुरले जान त पाइन्छ”, चालकहरू भन्छन्, “सडक मर्मतको जिम्मेवारी पाएका कार्यालयका ‘हाकिम साब’हरूका गाडी पनि यसै वाटोबाट गुड्ने गरेका छन् तर कसैले पनि यसप्रति चासो राखेको पाइँदैन ।” सडक मर्मत नहुनुमा सङ्घीय र स्थानीय सरकारको लापरवाही भएको उनीहरूको आरोप छ । चालकले खाल्डा छल्दा गाडी सडकको डिलमा पुग्ने गरेको यात्रुको भनाइ छ । “मोडमा खाल्डा छन्, चालकले खाल्डा बचाउने भन्दै डिलमा पुर्याउँछ”, राजविराजका राजेश यादवले भन्नुभयो, “त्यतिवेला अब हामी मरेर बाँचेको अनुभूति गर्छौ ।” यो सडकको यात्रा हाम्रा लागि जीवन मरण जस्तै भएको उहाँको भनाइ छ ।
उहाँले वर्षेनी सडक मर्मतको नाममा टालटुल गर्ने तर गुणस्तरीय काम नहुने भएकाले यो समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेता, कर्मचारी, ठेकेदार सबै मिलेका छन्, काम गरे जस्तो मात्रै गर्छन्, बजेट सिध्याउँछन् ।” सप्तरीको राजविराज–रुपनी सडक खण्डको दुर्दशाले सवारीसाधन सञ्चालन गर्न सकस भएको छ । सडक डिभिजन कार्यालय लहानले सडक निर्माण कार्यलाई अधुरै छोडेपछि सवारी सञ्चालनमा कठिनाइ हुने गरेको चालकको गुनासो छ ।
“तीव्र गतिमा गाडी आइरहेको हुन्छ, खाल्डा आउँदा घच्याक्क ब्रेक लाउँछन्, हामी यात्रुहरू छल्लिन्छौं । यो पीडा हामीले कसलाई सुनाउने ?” यात्रु शिवकुमार यादवको भनाइ छ । सडकको दुवैपाखामा खाल्डो खनेर अलपत्र छाडिएकाले मूलसडकमा क्षति भएको स्थानीयवासीको भनाइ छ । सडक विभाग र निर्माण कम्पनीले निर्माण कार्य अधुरो छोडिदा मूलसडकको कालोपत्रमा पनि भारी बोकेर आएका साधन भासिएर बाटो अवरुद्ध हुने गरेको पाइएको छ । “सडक निर्माण कार्यलाई अधुरो छोडिदा दुर्घटनाको जोखिम उत्तिकै रहेको छ”, यादवले भन्नुभयो, “बर्सेनि सडक पेटी खन्ने र ग्राभेल हाल्ने कार्य हुन्छ तर कुन निकायले काम गरेको हो त्यसको पनि अत्तोपत्तो छैन ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ