News Category 2078/06/17
अख्तियार बिरुद्ध जसपाको प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
अख्तियारको छापामार शैलीप्रति बिरोध गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतबार सप्तरीसहित ८ वटै जिल्लामा बिरोध प्रदर्शन गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीवासको टोलीले गत बुधबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापामार शैलीमा छापा मारेको बिरोधमा सो बिरोध प्रदर्शन गरिएको हो ।
जसपा जिल्ला कमिटि सप्तरीद्वारा राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट निकालिएको बिरोध प्रदर्शन नगर परिक्रमा गर्दै स्थानिय दशन चौकमा बिरोध सभामा परिणत भएको थियो ।
जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतमा आयोजित बिरोध सभामा पार्टीका प्रदेश २ महासचिव शम्भु झा, नेता विकास तिवारी, बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइत, महिला नेतृ रमिला साहलगायतले अख्तियारले प्रदेश २ मा जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी पढाउ, बेटी बचाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा छिरेर सरकारको बदनामी गर्न खोजेको आरोप लगाउँदै मुख्यमन्त्री जस्तो गरिमामय पदलाई आघात पुर्याउने कार्य अत्यन्त आपत्तिजनक र दुराशयपूर्ण रहेको बताए ।
यसअघि जसपा निकट युवा बिद्यार्थीहरूले अख्तियारले मारेको छापाप्रति आपत्ति जनाउदै शनिवार राजबिराजमा मसाल जुलुस प्रदर्शन गरेको थियो । स्थानिय शिवमन्दिरको प्राङ्गणबाट जसपा निकट युवा बिधार्थीहरूले निकालेको मसाल जुलुस दशन चौकमा कोण सभामा परिणत भएको थियो ।
गत बुधवार अख्तियारको बर्दिवासस्थित टोलीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छापा मारेको थियो भने ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तरगत साइकल बितरण सम्बन्धी सम्पूर्ण कागजात समेत लगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ