News Category 2078/06/17
संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर

दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् ।
राजबिराजमा आइतबार आयोजित सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकार समेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडान आफ्नो पार्टीको अहिले पनि रहेको स्पष्ट पारेका छन् ।
संबिधानमा गरेको ब्यबस्थामा ब्यवहारमा समानता भनेको कुरा नभएको जिकिर गर्दै उनले देशमा राजनीतिक अस्थिरता रहेपनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराइएको बताए ।
सो कार्यक्रममा लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले सबै वर्गको अधिकारका लागि अन्तिम आन्दोलनको आबश्यता रहेको औल्याउँदै मधेशमुक्ती आन्दोलनका लागि राष्ट्रमुक्ती आन्दोलन समेत आवश्यक रहेको जिकिर गरेका छन् ।
नेता महतोले ३० बर्ष अगाडी गजेन्द्र बाबुले उठाएको सबै मुद्दा यथावत रहेकोले ती मुद्दाले पुर्णता पाउन नसकेको भन्दै सबै उत्पीडित वर्गको अधिकार सुनिश्चिताका लागि अन्तिम लडाई लडनुपर्नेमा जोड दिए ।
आप्mनो स्वार्थपूर्तिका लागि केही साथीहरू पार्टी बिभाजन गर्ने तर्फ लागेको आरोप लगाउँदै नेता महतोले हौसला बुलन्द गर्न सबै कार्यकर्तालाई आग्रह समेत गरे ।
यस्तै कार्यक्रममा अर्का वरिष्ठ नेता शरतसिंह भण्डारीले मलेठ घटनाले एक बनाएको पार्टी एकता भएको एक बर्ष नपुग्दै टुट्नु दुर्भाग्यो भएको बताए । उनले संविधान संशोधन हुन आवश्यक रहेको बताउँदै सबै वर्गको पीडाको लागि संघर्ष गर्नु आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रदेश २ का पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनल, राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंह, प्रदेश सभा सदस्य रानीशर्मा तिवारी, नेतृ पुष्पा ठाकुर लगायतले मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ