News Category 2078/06/18
जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणाली महत्वपूर्ण
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
समुदायमा आधारित बाढी पूर्व सूचना प्रणालीको तदर्थ समितिको पहिलो बैठक सोमबार राजविराजमा सम्पन्न भएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा युनिसेफको आर्थिक तथा ईसिमोड र सबल नेपालको प्राविधिक सहयोगमा राजविराज नगरपालिका र रुपनी गाउँपालिकासँगको सहकार्य एवम् समन्वयमा सञ्चालित सो बैठकमा विपद् जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणालीको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
कार्यक्रममा बोल्दै तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले आफ्नो गाउँपालिकाका बासिन्दालाई बाढीबाट जोगाउन बाढी पूर्व सूचना प्रणाली जडान गरिएपछि धनजनको क्षति हुनबाट धेरै हदसम्म जोगिएको बताए ।
जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जोखिम न्युनीकरणमा बाढी पूर्व सूचना प्रणालीको महत्वपूर्ण भूमिका रहेको कुरामा जोड दिंदै दिगोपनाको लागि बास्केट फण्ड मोडालिटी अत्यन्तै राम्रो भएको जिकिर गरे । विपद् पछि राहत वितरणमा मात्रै केन्द्रीत नभई पूर्व तयारीमा ध्यानदिनु पर्ने आवश्यकता औंल्याए ।
सो बैठकमा राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, जिल्ला समन्वय अधिकारी उमेश यादव सहितकाले बाढी पूर्व सूचना प्रणालीको आवश्यकता माथि प्रकाश पारे ।
बैठकमा तिलाठी कोइलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले समुदायमा आधारित बाढी पूर्व सूचना प्रणालीबाट पुगेको फाइदा तथा अनुभवका बारेमा प्रस्तुतीकरण गरेका थिए भने ईसिमोडका विजय खड्गीले बाढी पूर्व सूचना प्रणालीका लागि दिगोपना सम्बन्धी प्रस्तुतीकरण गरे ।
बाढी पूर्व सूचना प्रणाली जडान गर्नुपर्ने आवश्यकता महसुस गरी जडान गर्न अनुरोध गर्ने पालिकामा यसको विस्तार गर्ने, तदर्थ समितिमा सुरक्षा निकायलाई आमन्त्रित सदस्यको रुपमा बोलाउने तथा खाँडो पूर्व सूचना प्रणालीको ह्वाट्सएप ग्रुपमाअन्य सरोकारवालाहरुलाई समेत थपगर्ने जस्ता निर्णय भएको समितिका सदस्य सचिव तथा सबल नेपालका कार्यकारी निर्देशक दिपक झाले जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिकामा युनिसेफको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित बालकेन्द्रीत विपद् जोखिम न्युनीकरण कार्यक्रम (सिसिडिआरआर) अन्तर्गत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) को प्राविधिक सहयोग र सबल नेपालको संयोजनमा खाँडोे खोलामा समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली जडान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ