News Category 2078/06/18
संविधान संशोधन गरी अघि बढ्नु पर्छ : अध्यक्ष ठाकुर
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधानमा अहिले पनि मधेशी, दलित, मुश्लिम, आदिवासी, जनजाती, सिमान्तकृत समुदाय लगायतका कतिपय समस्या यथावत रहेको बताएका छन् । उनले ती समस्यालाई सच्याएर अघि बढनु पर्ने आवश्यक रहेकोले संविधान संशोधन गरी अघि बढ्नु पर्नेमा जोड दिए ।
राजविराजमा सोमवार लोसपा सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मुलुकको वर्तमान संविधान अहिले पनि कठोर रहेको भन्दै संविधानका कतिपय धारा समेत प्रष्ट नरहेको उल्लेख गरे ।
प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारले गरेको छापामारीलाई लिएर भईरहेको विरोधबारे उनले संवैधिानिक आयोगको रुपमा रहेको अख्तियारको छापामारीको विषयमा हामीले अहिले नै बोल्नु जरुरी नरहेको बताउँदै छानविनपछि आउने निष्कर्ष पछि नै केही भन्नु उपयुक्त हुने जिकिर गरे ।
यस्तै पत्रकार सम्मेलनमा पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले मधेशको माग पुरा गर्न बलियो परिवर्तनकारी शक्ति निर्माण गरी जनता समाजवादी पार्टी बनाएकोमा उपेन्द्र यादवले खण्डित गरीदिएको आरोप लगाए ।
उनले आउँदो निर्वाचनमा जसपासँग चुनावी तालमेलको सम्भावना न्युन रहेको भन्दै तालमेल हुने वा नहुने कुरा समयपरिस्थितिले देखाउने उल्लेख पनि गरे ।
मुलुकमा काँग्रेस र कम्युनिष्ट जस्ता ठूला पार्टी कुर्सीकै लागी मरिहत्ते गर्ने तिर लागेका कारण मुलुकको अवस्था विग्रीदै गएको टिप्पणी गरे । मधेशी जनतामाथी गोली चलाउदै एकतर्फीरुपमा जारी गरिएको वर्तमान संविधानले संशोधन नभएसम्म राजनीति समस्याको समाधान दिन नसक्ने उनको दावी थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ