News Category 2078/06/19
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
दैनिक समाचारदाता
राजविराज, १९ असोज ।
ठगि मुद्दामा पक्राउ परेका शैक्षिक माफिया रौतहटका संजय कुमार झाको प्रतिबेदन मुद्दालाई पैसा र शक्तिको पहुचका कारण पटक पटक अदालतले पेशी राख्दै आएको छ ।
पाटन उच्च अदालतको असोज ८ गतेको आदेश अनुसार असोज १३ गते ५ बजे सम्म कैफियत प्रतिबेदन समेत नआएको अबस्थामा पेशी तारेख राख्न नमिल्ने मुद्दालाई माथिको निर्देशनमा नै असोज १४ पेशी तारेख, त्यसपछि १७ गते र आज १९ गते राखेको छ ।
मुद्दामा सेटिंग नमिलेको कारण असोज ७ गतेको पेशी तारेखमा संजयकुमार झाको कानुन ब्यबसायीबाट स्थगित गरिएको थियो । प्रतिबेदन मुद्दाकोहकमा साप्ताहिकमा चढेपछी मात्र पेशी तारेखमा राख्न मिल्ने हुँदा आफ्नो जेठान काँग्रृसका नेता तथा सांसद अमरेश कुमार सिंहको पहुचको कारण सप्ताहमा २ पटक सम्म पेशी तारेख राखिएको छ ।
कारागारमा रहेका सयौं कैदीहरुलाई पेशी तारेख पाउन धौ धौ पर्ने गरेको तर, संसद अमरेश कुमार सिंहको पैसा र पहुँचको कारण न्यायालयमासमेत ठुलो चलखेल गरि निज झाको मुद्दाको पेशी तारेख क्रमश: असोज १४ गते, असोज १७ गते र असोज १९ गते समेत पेशी तारेख राखि थुनामुक्त गराउने योजना रहेको श्रोतको दाबी छ । जबकी प्रतिबेदन संग जोडिएको मुद्दाको हकमा हरेक सप्ताह बिहिबारको दिन मात्र पेशी तारेख राख्न पाउनु पर्ने नियम छ ।
जोर्जिया युनिभर्सिटीका संकास्पद प्रमाणपत्रको मुख्य योजनाकार तथा ठगि मुद्दामा पक्राउ परेका कलेज संचालक संजय झा थप अनुसन्धानको घेरामा पर्ने भएको हुनाले सुनियोजित रुपले जेठान अमरेश कुमार सिंहको आडमा शक्ति र पैसाको ठूलो चलखेल गरि थुनामुक्त हुने योजनामा रहेको देखिन्छ ।
यस्तो अवस्थामा ठगिएका १ सय ३२ जना विद्यार्थीहरु लगायत पीडितपक्षहरुले पाउने न्याय शंकाको घेरामा देखिदैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ