News Category 2078/06/20
प्रदेश २ मा १९ लाख जनतालाई कोरोना विरुद्धको खोप
दैनिक समाचारदाता
राजविराज, १९ असोज ।
प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले मंगलवारदेखी पूर्ण मास्क प्रयोग सुनिश्चिता कार्यक्रमको शुभारम्भ गरेका छन् ।
दशै, तिहार छठ लगायतका पर्वलाई मध्यनजर गर्दै चाड पर्वमा हुन सक्ने भिडभाडमा कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै मंगलबारदेखी सो कार्यक्रम प्रदेश २ को ८ वटै जिल्लामा शुभारम्भ गरिएको हो ।
राजविराजस्थित गजेन्द्रचोकमा आयोजित एक कार्यक्रमबीच मन्त्री साहले कार्यक्रमको शुभारम्भ गर्दै सबैलाई आनिवार्य रुपमा मास्क लगाएर मात्र बाहिर निस्कन आग्रह गरेका छन् ।
उनले सेवाग्राहीको बढी भिडभाड हुने मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयमा मास्क उपलब्ध गराइने जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवलाई मास्क उपलब्ध गराउन निर्देशन दिँदै ती कार्यालयहरुमा जतिसुकै मास्क उपलब्ध गराउन आपृmु तयार रहेको बताए ।
कार्यक्रममा प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले प्रदेश २ मा हाल सम्म १९ लाख जनतालाई कोरोना विरुद्धको खोप लगाईसकेको जानकारी दिए ।
उनले प्रदेशमा ४२ लाखलाई लगाउन बाँकी रहेको तथ्याङ्क प्रस्तुत गर्दै जनस्वास्थको मापदण्ड पालना गराउनका साथ साथै प्रदेशका सम्पुर्ण जनतालाई छिट्टै खोप लगाउनका लागी आफुहरु प्रयासरत रहेको बताए ।
जिल्ला स्वास्थ कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, कंचनरुप नगरपालिकाकी उपप्रमुख निरु पोखरेल, प्रमुृख जिल्ला अधिकारी जनार्दन गौतम, नागरिक समाजका अध्यक्ष थान सिह भन्साली लगायतले कोरोनाको जोखिम कायमै रहेकाले मास्क, सेनिटाईजरको अनिर्वाय प्रयोग र समाजिक दुरी कायम गरी चाडपर्वमा सहभागी हुन अपिल समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ