News Category 2078/06/20
शारिरीकरुपमा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान

दैनिक समाचारदाता
राजविराज, २० असोज ।
शारिरीक रुपमा अशक्त एक व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले घरमै पुगेर नागरिकताको प्रमाण पत्र प्रदान गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी अपाङ्ग भई हिडडुल गर्न नसक्ने ६८ वर्षिय बौवालाल गुरमैताको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मंगलबार साँझ नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् ।
नागरिकता नभएका कारण सरकारबाट पाउने सबै सुविधाबाट बञ्चित भएको जनगणनामा खटिएका सुपरिवेक्षक संदिप कर्णले जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, इलाका प्रहरी कार्यालय कंचनपुृरका प्रमुख दिनेश कुमार कार्की, हनुमाननगर कंकालीनी नगरपालिकाका प्रमुख शैलेश साह तथा संचारकर्मीको टोली उनको घर पुगेको थियो ।
सरकारबाट पाउने सुविधाका लागी नागरिकता आवश्यक रहेको र अपांग भएकै कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसकेको जानकारी आएपछि उनलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
सो अवसरमा मेयर साहले गुरमैतालाई एक थान ह्वीलचेयर प्रदान गर्ने र एक साता भित्रै अपाङ्ग परिचय पत्र बनाई सरकारबाट पाउने सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।
गुरमैता जन्मजातै अपाङ्ग रहेको र सरकारी सेवा सुविधाबाट समेत बञ्चित रहदा आर्थिक समस्याले कष्टकर जिवन विताउन बाध्य छन् ।
जिल्ला प्रशासन कार्यालयले एकसाता अघि शारिरीक रुपमा अशक्त रुपनी गाउँपालिका ७४ वर्षिय मुसहरु खंग खत्वे र उनकी ७० वर्षिया पत्नी दशनी देवीलाई घरमै पुगेर नागरिकता प्रदान गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ