News Category 2078/06/20
शारिरीकरुपमा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान
दैनिक समाचारदाता
राजविराज, २० असोज ।
शारिरीक रुपमा अशक्त एक व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले घरमै पुगेर नागरिकताको प्रमाण पत्र प्रदान गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी अपाङ्ग भई हिडडुल गर्न नसक्ने ६८ वर्षिय बौवालाल गुरमैताको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मंगलबार साँझ नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् ।
नागरिकता नभएका कारण सरकारबाट पाउने सबै सुविधाबाट बञ्चित भएको जनगणनामा खटिएका सुपरिवेक्षक संदिप कर्णले जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, इलाका प्रहरी कार्यालय कंचनपुृरका प्रमुख दिनेश कुमार कार्की, हनुमाननगर कंकालीनी नगरपालिकाका प्रमुख शैलेश साह तथा संचारकर्मीको टोली उनको घर पुगेको थियो ।
सरकारबाट पाउने सुविधाका लागी नागरिकता आवश्यक रहेको र अपांग भएकै कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसकेको जानकारी आएपछि उनलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
सो अवसरमा मेयर साहले गुरमैतालाई एक थान ह्वीलचेयर प्रदान गर्ने र एक साता भित्रै अपाङ्ग परिचय पत्र बनाई सरकारबाट पाउने सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।
गुरमैता जन्मजातै अपाङ्ग रहेको र सरकारी सेवा सुविधाबाट समेत बञ्चित रहदा आर्थिक समस्याले कष्टकर जिवन विताउन बाध्य छन् ।
जिल्ला प्रशासन कार्यालयले एकसाता अघि शारिरीक रुपमा अशक्त रुपनी गाउँपालिका ७४ वर्षिय मुसहरु खंग खत्वे र उनकी ७० वर्षिया पत्नी दशनी देवीलाई घरमै पुगेर नागरिकता प्रदान गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ