News Category 2078/06/21
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन

दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
सहिद दिलिप स्मृति प्रतिष्ठान नेपालले पत्रकार कृष्णा मल्लको संयोजकत्वमा तीन सदस्यीय पत्रकारिता पुरस्कार छनौट समिति गठन गरेको छ ।
बिहीबार गठन गरिएको समितिमा अधिबक्ता बाबुराम राई र राजेन्द्र चौधरी सदस्य रहेको प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले जानकारी दिएका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिका ५ स्थित गंगाजलीमा कार्तिक ६ गते प्रतिष्ठानले आयोजना गर्ने सहिद दिलिप चौधरीको स्मृति स्तम्भ अनावरण समारोहमा छनौट भएका पत्रकारहरुलाई सम्मानसहित गरिने प्रतिष्ठानका अध्यक्ष लेखीले बताए ।
पत्रकारिताको माध्यमबाट उत्पीडित समुदायको हक अधिकार सुनिश्चितताका लागि योगदान दिएका बिभिन्न संचारमाध्यममा कार्यरत तीन जना सक्रिय पत्रकारलाई पुरस्कृत गर्नका लागि उक्त समिति गठन गरेको उनले बताए । उक्त पुरस्कारको राशी जनही ११ हजार रहेको छ ।
उक्त समारोह ब्यबस्थापन तथा तयारीका लागि असोज ३० गते गंगाजलीमा १२ बजे बृहत् भेला आयोजना गरिने भएको छ । भेलामा राजनैतिक दलका नेता, नगरप्रमुखसहित जनप्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ ।
सप्तरीको तत्कालीन फत्तेपुर गाबिसमा जन्मिएका सहिद दिलिप चौधरी बि.सं २०४२ सालमा बम काण्डको आरोपमा काठमाडांैस्थित ल क्याम्पसबाट पक्राउ परेका थिए । पक्राउ परेको लगतै उनको राज्य पक्षबाट हत्या गबस्रिएको थियो । सहिद चौधरी पञ्चायती ब्यवस्थाको बिरुद्ध बि.सं २०३६ सालमा सप्तरी जिल्लाको फत्तेपुर कंचनपुर क्षेत्रमा भएको विद्यार्थी आन्दोलन तथा २०४२ सालको देशब्यापी बम काण्डको अगुवाई गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ