News Category 2078/06/21
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन
दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
सहिद दिलिप स्मृति प्रतिष्ठान नेपालले पत्रकार कृष्णा मल्लको संयोजकत्वमा तीन सदस्यीय पत्रकारिता पुरस्कार छनौट समिति गठन गरेको छ ।
बिहीबार गठन गरिएको समितिमा अधिबक्ता बाबुराम राई र राजेन्द्र चौधरी सदस्य रहेको प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले जानकारी दिएका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिका ५ स्थित गंगाजलीमा कार्तिक ६ गते प्रतिष्ठानले आयोजना गर्ने सहिद दिलिप चौधरीको स्मृति स्तम्भ अनावरण समारोहमा छनौट भएका पत्रकारहरुलाई सम्मानसहित गरिने प्रतिष्ठानका अध्यक्ष लेखीले बताए ।
पत्रकारिताको माध्यमबाट उत्पीडित समुदायको हक अधिकार सुनिश्चितताका लागि योगदान दिएका बिभिन्न संचारमाध्यममा कार्यरत तीन जना सक्रिय पत्रकारलाई पुरस्कृत गर्नका लागि उक्त समिति गठन गरेको उनले बताए । उक्त पुरस्कारको राशी जनही ११ हजार रहेको छ ।
उक्त समारोह ब्यबस्थापन तथा तयारीका लागि असोज ३० गते गंगाजलीमा १२ बजे बृहत् भेला आयोजना गरिने भएको छ । भेलामा राजनैतिक दलका नेता, नगरप्रमुखसहित जनप्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ ।
सप्तरीको तत्कालीन फत्तेपुर गाबिसमा जन्मिएका सहिद दिलिप चौधरी बि.सं २०४२ सालमा बम काण्डको आरोपमा काठमाडांैस्थित ल क्याम्पसबाट पक्राउ परेका थिए । पक्राउ परेको लगतै उनको राज्य पक्षबाट हत्या गबस्रिएको थियो । सहिद चौधरी पञ्चायती ब्यवस्थाको बिरुद्ध बि.सं २०३६ सालमा सप्तरी जिल्लाको फत्तेपुर कंचनपुर क्षेत्रमा भएको विद्यार्थी आन्दोलन तथा २०४२ सालको देशब्यापी बम काण्डको अगुवाई गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ