News Category 2078/06/22
जनमत पार्टीद्वारा मुख्यमन्त्री राउतको राजीनामा माग

दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
सिके राउत नेतृत्वको जनमत पार्टीले बढ्दै गएको भ्रष्टाचार बिरुद्ध शुक्रबार राजविराजमा खबरदारी जुलुस प्रदर्शन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेको छ । टाउँकोमा पार्टीको चिन्ह भएको टोपी र हात हातमा लाठीसहित गाउँ गाउँबाट आएका पार्टीका कार्यकर्ता तथा समर्थकले खबरदारी जुलुस प्रदर्शनसहित मुख्यमन्त्रीको राजिनामा माग गरेका हुन् ।
प्रदर्शनकारीहरुले प्रदेश २ सरकारले छात्राहरुलाई बितरण गरेको साइकल खरीदमा समेत भ्रष्टाचार गरेको भन्दै मुख्यमन्त्री लालबाबु राउतबिरुद्ध चर्को नाराबाजी गर्दै उनको राजिनामा माग गरे ।
पार्टीका जिल्ला सचिव थानेश्वर साहले प्रदेश सरकारदेखी जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानिय तहहरुमा ब्यापक भ्रष्टाचार भएको भन्दै यसका बिरुद्ध खबरदारी गर्नुपरेको बताए ।
सदरमुकामको बाटोघाटो भत्केर जनतालाई सास्ती भइरहेपनि विकासको नाउँमा ठूलो रकम खर्च देखाएर भ्रष्टचार गरेका कारण आफूहरु बिरोधमा उत्रनु परेको उनको भनाई छ ।
सेवाग्राहीको बढी भिडभाड रहने मालपोत, राजविराज नगरपालिका लगायतको सरकारी कार्यालय अगाडी समेत उनीहरुले भ्रष्टाचार बिरुद्ध खबरदारीसहित नाराबाजी गरेका थिए ।
मोटरसाइकल र्यालीसहित गरिएको प्रदर्शन बजार क्षेत्र परिक्रममा पश्चात् जनआन्दोलन चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो । सभाका वक्ताहरुले भ्रष्टाचारको छानबिन र भैष्टाचारीहरुलाई जेल हाल्नु पर्ने माग गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ