News Category 2078/06/23
अपाङ्गताहरूको अधिकारका सवालमा एकजुट हुनुपर्नेमा जोड
दैनिक समाचारदाता
राजबिराज, २३ असोज ।
अपाङ्गता भएका ब्यक्तीहरूको सवालमा एकजुट हुनुपर्ने शनिबार राजविराजमा आयोजित एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन ।
सगरमाथा अपांग कल्याण, समाबेशी अपांग, बौद्विक अपांगसहितका ७ वटा संस्थाहरूद्वारा वडा दशैको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सो कुरामा जोड दिएका हुन् ।
उक्त अबसरमा राष्ट्रिय अपांग महासंघका केन्द्रिय महासचिव राजु बस्नेतले अपांगताहरूको सवालमा सबै अपांगता भएका संघ संगठनहरू एकजुट हुनुपर्नेको विकल्प नरहेको बताए । उनले राष्ट्रिय जनगणनामा अपांगता भएका कुनै ब्यक्ती नछुटने गरी सबैलाई आ–आप्mनो ठाउवाट सहभागी हुन आग्रह समेत गरे ।
महासचिव बस्नेतले अपाङ्गताको सवालहरूलाई स्थानीय तहको योजना तथा कार्यक्रमहरूमा राष्ट्रिय अपाङ्ग महासंघ प्रयासरत रहेको दाबी गरे । सात वटै प्रदेशका स्थानीय पालिकाहरुका नीति, कानुन र विकासका कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई समावेशीकरण गर्न र गराउने उद्देश्य अपाङ्गता समावेशी विकास कार्यक्रम गर्दै आएको उल्लेख गरे ।
समाबेशी अपांग संघ सप्तरीका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा आयोजित कार्यक्रममा बौद्विकता अभिभावक अपांग संघका अध्यक्ष जगदिश अर्याल, अपांग पुर्णस्थापन केन्द्रका अध्यक्ष शिव प्रसाद यादब, सगरमाथा अपांग कल्याण संघका उपाध्यक्ष उमेश कुमार चौधरी, सप्तरी दृष्टिबिहिन अपांगका अध्यक्ष चन्द्रशेखर झा, रामचन्द्र यादब लगायतले अपांगता भएका ब्यक्तीहरूको पहुँच र दिगो बिकासका लागी सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ