News Category 2078/06/25
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका
दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका भएको छ ।
स्थानिय कृषक र जनप्रतिनिधिको चासो तथा सम्भाव्यता अध्ययनपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले दोश्रो पालिकाको रुपमा सुरुङ्गा नगरपालिकाको चयन गरेको हो ।
नास्टका वरिष्ठ बैज्ञानिक अधिकृत डा. जयकान्त राउतले यसअघि उक्त कार्यक्रम गोरखा जिल्लाको सिरान चौक गाउँपालिकामा मात्र लागु भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
बैज्ञानिक गाउँ कार्यक्रमका संयोजक समेत रहेका डा. राउतले यस भेगका किसान र जनप्रतिनिधिले देखाएको चासो र स्थलगत अध्ययनपछि मुलुककै दोश्रो पालिकाको रुपमा सुरुङ्गा नगरपालिकालाई चयन गरिएको बताए ।
कार्यक्रम अन्तरगत स्थानियस्तरमा उत्पादन बृद्धिका लागि च्याउको बिऊ उत्पादन प्रयोगशाला समेत स्थापना गरि गतिविधी सुरु गरिएको छ । उक्त नगरपालिकाको वडा नं. ३ मा स्थापना गरिएको प्रयोगशालामा ९ लाख ८८ हजार ४ सय ६७ रुँपैयाको बैज्ञानिक उपकरण र औजारसमेत जडान गरि काम सुरु गरिएको नाष्टका प्रशासकीय अधिकृत दिलिपकुमार श्रीवास्तवले जानकारी दिए ।
कार्यक्रम पुर्ण संचालनका लागि नास्टले ६० प्रतिशत र सुरुङ्गा नगरपालिकाले ४० प्रतिशत लगानी गर्ने सम्झौता भएको मेयर मुक्तिनाथ चौधरीले जानकारी दिए ।
कार्यक्रममा सहभागि हुने कृषकका लागि नाष्टका प्रशिक्षक सुमन महर्जनको नेतृत्वमा प्रशिक्षण कार्य समेत सुरु गरिएको वडा अध्यक्ष रुद्र बहादुर कार्कीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ