News Category 2078/06/25
जनज्योतीद्वारा पत्रकार महासंघलाई साउण्ड सिस्टम प्रदान

दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
जनज्योती कृषि सहकारी संस्था लिमिटेड राजविराजले नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलका लागि साउण्ड सिस्टम जडान गरेको छ ।
महासंघद्वारा सोमबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत संस्थाले उक्त साउण्ड सिस्टम हस्तान्तरण गरेको हो ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले महासंघका अध्यक्ष श्रवणकुमार देवलाई माइक र रिमोट प्रदान गरेर साउण्ड सिस्टम हस्तान्तरण गरे ।
सो कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मण्डलले सहकारी संस्था र संचारकर्मीबीच सुमधुर सम्बन्ध बिस्तार हुने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा महासंघका अध्यक्ष देवले जनज्योती सहकारी संस्थाले महासंघलाई प्रदान गरेको साउण्ड सिस्टमप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा महासंघ र संस्थाबीचको समन्वयकारी भूमिका समेत बिस्तार हुने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
- 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ