News Category 2078/06/25
दुई महिना भित्रै राजबिराज नगरपालिकाको मुहार फेरिने प्रमुख यादवको दाबी
दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
राजबिराज नगरपालिका वडा नं. ६ को कार्यालय भवनको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । सोही कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको छ ।
राजबिराजका प्रमुख शम्भु प्रसाद यादबले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दै प्रमुख यादबले दुई महिना भित्रै राजबिराज नगरपालिकाको मुहार फेरिने जानकारी दिएका छन् । उनले आफ्नो कार्यकालमा धेरै योजनाहरू आएकोले चाडै नै ती योजनाहरू सम्पन्न भई नगरपालिकाको सौन्दर्य नै फेरिने बताए ।
प्रमुख यादबले राजबिराज बस पार्क, राजबिराज हटिया लगायत नगरभित्रको रिंग रोडका कार्यहरू दुई महिना भित्रै सम्पन्न हुने दाबी गरे ।
उनले राजविराजको अड्डा लाइन, नेता चौकदेखि पश्चिम सिरहा रोड, तेतरी गाछी सडक, तेतरी गाछी–राजदेवी मन्दिर सडक लगायत अधिकांश सडक हिलाम्ये र खाल्टोप्रति चिन्ता ब्यक्त गर्दै ठेकेदारको लापरवाहीका कारण समस्या उत्पन्न भएको बताए ।
नगर प्रमुख यादवले सडक डिभिजन कार्यालय, हुलाकी सडक आयोजना र सहरी विकास डिभिजन कार्यालय अन्तर्गतका रहेकाले आफूहरूले केही गर्न नसकेको बताए ।
राजबिराज वडा ६ का वडा अध्यक्ष प्रेम यादबको अध्यक्षतामा आयोजित वडा कार्यालय भवन उदघाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडाका दर्जनौ जेष्ठ नागरिकहरूलाई दोसला ओढाएर सम्मान गरिएको थियो ।
राजबिराज नगरपालिकाको सहयोगमा कुल ५४ लाख ७८ हजार ४ सय ९३ रूपैयाको लागतमा ७ कोठे भवन निर्माण गरिएको वडा अध्यक्ष यादबले जानकारी दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयकम नायव प्रहरी उपरिक्षक माधव प्रसाद काप्mले, समाजसेवी ई ईन्द्र नारायण देव, महिदेव चौधरी, राजबिराज नगरपालिका भुतपुर्व वडा अध्यक्ष राधेश्याम साह, वडा कार्यालय भवन निर्माण अनुगमन समितिका राधेश्याम साहलगायतले वडा कार्यालयबाट सेवाग्राहीहरूले सहज रूपमा सेवा पाउने बिश्वास ब्यक्त गरे ।
उक्त अवसरमा राजबिराज वडा १४ का सुवालाल मण्डल, राजबिराज वडा १५ रामप्रसाद यादब, राजबिराज वडा १२ का अध्यक्ष हरिहर यादब, राजबिराज ९ का अध्यक्ष शम्भु प्रसाद यादब (लाली), राजबिराज ८ का अध्यक्ष जयनारायण मण्डल, राजबिराज नगरपालिका ईन्जिनियर अशोक दास, लेखापाल जयराम यादब, वडा ६ का सचिव दिनेश प्रसाद यादब, बरिष्ठ पत्रकार गणेशलाल देब, नेपाल पत्रकार महासंघ सहसचिव चन्दन कुमार यादब लगायत वडाका अन्य समाजसेवीहरूलाई समेत गम्छा ओढाएर सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ