News Category 2078/06/25
दुई महिना भित्रै राजबिराज नगरपालिकाको मुहार फेरिने प्रमुख यादवको दाबी

दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
राजबिराज नगरपालिका वडा नं. ६ को कार्यालय भवनको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । सोही कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको छ ।
राजबिराजका प्रमुख शम्भु प्रसाद यादबले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दै प्रमुख यादबले दुई महिना भित्रै राजबिराज नगरपालिकाको मुहार फेरिने जानकारी दिएका छन् । उनले आफ्नो कार्यकालमा धेरै योजनाहरू आएकोले चाडै नै ती योजनाहरू सम्पन्न भई नगरपालिकाको सौन्दर्य नै फेरिने बताए ।
प्रमुख यादबले राजबिराज बस पार्क, राजबिराज हटिया लगायत नगरभित्रको रिंग रोडका कार्यहरू दुई महिना भित्रै सम्पन्न हुने दाबी गरे ।
उनले राजविराजको अड्डा लाइन, नेता चौकदेखि पश्चिम सिरहा रोड, तेतरी गाछी सडक, तेतरी गाछी–राजदेवी मन्दिर सडक लगायत अधिकांश सडक हिलाम्ये र खाल्टोप्रति चिन्ता ब्यक्त गर्दै ठेकेदारको लापरवाहीका कारण समस्या उत्पन्न भएको बताए ।
नगर प्रमुख यादवले सडक डिभिजन कार्यालय, हुलाकी सडक आयोजना र सहरी विकास डिभिजन कार्यालय अन्तर्गतका रहेकाले आफूहरूले केही गर्न नसकेको बताए ।
राजबिराज वडा ६ का वडा अध्यक्ष प्रेम यादबको अध्यक्षतामा आयोजित वडा कार्यालय भवन उदघाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडाका दर्जनौ जेष्ठ नागरिकहरूलाई दोसला ओढाएर सम्मान गरिएको थियो ।
राजबिराज नगरपालिकाको सहयोगमा कुल ५४ लाख ७८ हजार ४ सय ९३ रूपैयाको लागतमा ७ कोठे भवन निर्माण गरिएको वडा अध्यक्ष यादबले जानकारी दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयकम नायव प्रहरी उपरिक्षक माधव प्रसाद काप्mले, समाजसेवी ई ईन्द्र नारायण देव, महिदेव चौधरी, राजबिराज नगरपालिका भुतपुर्व वडा अध्यक्ष राधेश्याम साह, वडा कार्यालय भवन निर्माण अनुगमन समितिका राधेश्याम साहलगायतले वडा कार्यालयबाट सेवाग्राहीहरूले सहज रूपमा सेवा पाउने बिश्वास ब्यक्त गरे ।
उक्त अवसरमा राजबिराज वडा १४ का सुवालाल मण्डल, राजबिराज वडा १५ रामप्रसाद यादब, राजबिराज वडा १२ का अध्यक्ष हरिहर यादब, राजबिराज ९ का अध्यक्ष शम्भु प्रसाद यादब (लाली), राजबिराज ८ का अध्यक्ष जयनारायण मण्डल, राजबिराज नगरपालिका ईन्जिनियर अशोक दास, लेखापाल जयराम यादब, वडा ६ का सचिव दिनेश प्रसाद यादब, बरिष्ठ पत्रकार गणेशलाल देब, नेपाल पत्रकार महासंघ सहसचिव चन्दन कुमार यादब लगायत वडाका अन्य समाजसेवीहरूलाई समेत गम्छा ओढाएर सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/09 सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
- 2082/02/09 बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
- 2082/02/09 लागुऔषध गाजासहित एक पक्राउ
- 2082/02/09 काँग्रेस नेतृ साहको निधन
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ