News Category 2078/06/27
पचहत्तर शैय्याको कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास

दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सोमबार ७५ शैय्याको आधुनिक कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास गरिएको छ ।
प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले संघीय सरकारको शहरी बिकास मन्त्रालयको एकीकृत स्वास्थ्य बिकास कार्यक्रम अन्तर्गत २३ करोड ७५ लाख ८७ हजारको लागतमा निर्माण हुने उक्त कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास गरेका हुन् ।
भवन शिलान्यास गर्दै मन्त्री साहले नेपाल सरकारको खरिद ऐनलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताउँदै सरकारको खरिद ऐनका कारण देशभरी निर्माण कार्यहरू अलपत्र परेको बताए ।
उनले संघीय सरकारले ऐन परिमार्जन गर्न नसकेर समस्या उत्पन्न भएको हुँदा प्रदेश सरकारले आफै खरिद ऐन ल्याउन लागेको उल्लेख गरे ।
प्रदेश सरकारले दलितका लागि स्वास्थ्य बिमा तथा प्रत्येक पालिकामा स्वास्थ्य क्लिनिक जस्ता योजना प्रदेश सरकारले ल्याउन लागेको उल्लेख गर्दै उनले अब प्रदेश २ का जनताले स्वास्थ्य सेवा लिन बाहिर जानु नपर्ने कार्ययोजना बनाएको जानकारी दिए ।
कार्यक्रममा राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, अस्पतालका मेसु डा. रन्जित झालगायतका स्थानीय जनप्रतिनिधि, कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियोे ।
अस्पताल परिसर भित्र निर्माण हुन लागेको उक्त भवन निर्माणका लागि साह प्रेरा जेभीले झण्डै ६५ प्रतिशत बिलोमा १५ करोड २६ लाख ९३ हजारमा टेन्डर कबोल गरेको छ भने उक्त भवन २१ महिना २०८० साल असार २३ गते भित्र कार्य सम्पन्न गर्ने सम्झौता गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ