News Category 2078/07/02
हावासँगै लगातारको वर्षाले धानबालीमा क्षति
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
सोमबार साँझदेखी हावाहुरीसँगै लगातारको बर्षाले सप्तरीका अधिकांश धानबालीमा क्षति पुगेको छ । जसकारण किसानहरु चिन्तित भएका छन् ।
धान काट्ने बेलामा चलेको हावाले धानबाली खेतमै ढलेपछि वर्षाका कारण जमेको पानीमा धानबाली गलेको छ ।
निकै महिनेतका साथ उब्जाएको बाली अन्तिम समयमा आएर वर्षाका कारण नष्ट भएपछि किसानहरु निकै चिन्तित भएका छन् । धानबाली काटेर खेतमै छाडेकोले उठाउन नसक्दा किसानहरु झनै मर्कामा परेका छन् ।
बेमौसमी वर्षाका कारण सबैजसो नगर र गाउँपालिकामा धानबालीमा समेत क्षति पुगेको छ । मलेकपुरका किसान जिवछ दासले त्यस क्षेत्रमा मात्रै करिब १५ विगहा खेतको धान नष्ट भएको सुनाए ।
यस्तै क्षति जिल्लाका विभिन्न स्थानमा पुगेको कृषकहरुले बताएका छन् । बेमौसमी वर्षाले लहलहाउदै धान खेत नै डुबाएको छ भने कतिपय खेतबाट नदी वगिरहेको छ ।
वर्षाका कारण जिल्लामा ठूलै मात्रामा धानबाली क्षति भएको अनुमान गरिएपनि सम्पूर्ण विवरण भने आइनसकेको कृषि ज्ञान केन्द्र राजविराजका बाली अधिकृत दिनेश यादवले जानकारी दिए ।
दुई दिनदेखि निरन्तर चलिरहेको हावाका साथै भइरहेको वर्षाले सप्तरीसहित मुलुकभरका किसानहरु प्रभावित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ