News Category 2078/07/02
वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
सोमबार रातीदेखीको चलेको हावासँगै भइरहेको अविरल वर्षाका कारण राजविराज नगरको अधिकांश सडक तथा टोलहरु जलमग्न भएका छन् ।
वर्षाको पानीको उचित निकास हुन नसक्दा राजविराज नगरपालिकाको बजार क्षेत्रमा डुवानमा परेका हुन् । राजविराजस्थित सिरहा रोड, अदालत रोड, पानी ट्याङ्कि रोड, गजेन्द्र चौक, दशन चौक, रुपनी रोड लगायत क्षेत्र जलमग्न भएको छ ।
वर्षाको पानीले सडक मात्र नभएर बृहत जनाधार व्यवस्थापन कोशी फिल्ड सेन्टर, कृषि ज्ञान केन्द्र, शिक्षा समन्वय इकाई शाखा, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, नेपाल रेडक्रस सोसाइटी शाखा, घरेलु तथा साना उद्योग कार्यालय, बेल्ही भन्सार लगायतका संघसंस्था र कार्यालय पनि जलमग्न भएका छन् ।
वर्षाको पानीले निकास नपाउँदा राजविराज नगरपालिका ८ स्थित हिमालय टोल, ५ स्थित मिथिला टोल, ७ स्थित खर्साल टोल, ६ स्थित सिरहा रोडको घर घरमा पानी पसेको छ ।
सडक र आसपासमा भएको डुवानले सर्वसाधारणलाई आवतजावतमा समस्या हुनुका साथै यातायातका साधनहरु गुड्न कठिनाई भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ