News Category 2078/07/02
एक महिना भित्र सडकहरुको निर्माण सम्पन्न गर्न मन्त्री यादवद्वारा निर्देशन
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीहरुलाई एक महिना भित्र सप्तरीका सम्पूर्ण अधुरा सडकहरुको निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएकी छिन् ।
सोमबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले सो निर्देशन दिदै जिल्ला सदरमुकाम जोड्ने ती अधुरा सडकहरुको निर्माण कार्य बारे जानकारी समेत लिइन् ।
उनले योजनाहरु अधुरो हुनुको कारणबारे जवाफ माग्दै एक महिना भित्र परिणाम आउनु पर्ने बताउँदै समयमा कार्य सम्पन्न नभए त्यस्ता कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरिने चेतावनी पनि दिइन् ।
जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा आयोजित अन्तरक्रियामा प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, समाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेश सभा सदस्य मनिष सुमन, अभिषेक यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, सडक डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख राम कुमार देव, हुलाकी सडक परियोजना ईटहरीका प्रमुख बिजय थापा, सडक सुधार तथा बिकास आयोजना बर्दिबासका प्रमुख सुनिल रंजितकार, सप्तरीका बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, जनप्रतिनिधिहरु, निर्माण कम्पनीका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ