News Category 2078/07/02
एक महिना भित्र सडकहरुको निर्माण सम्पन्न गर्न मन्त्री यादवद्वारा निर्देशन
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीहरुलाई एक महिना भित्र सप्तरीका सम्पूर्ण अधुरा सडकहरुको निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएकी छिन् ।
सोमबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले सो निर्देशन दिदै जिल्ला सदरमुकाम जोड्ने ती अधुरा सडकहरुको निर्माण कार्य बारे जानकारी समेत लिइन् ।
उनले योजनाहरु अधुरो हुनुको कारणबारे जवाफ माग्दै एक महिना भित्र परिणाम आउनु पर्ने बताउँदै समयमा कार्य सम्पन्न नभए त्यस्ता कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरिने चेतावनी पनि दिइन् ।
जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा आयोजित अन्तरक्रियामा प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, समाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेश सभा सदस्य मनिष सुमन, अभिषेक यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, सडक डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख राम कुमार देव, हुलाकी सडक परियोजना ईटहरीका प्रमुख बिजय थापा, सडक सुधार तथा बिकास आयोजना बर्दिबासका प्रमुख सुनिल रंजितकार, सप्तरीका बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, जनप्रतिनिधिहरु, निर्माण कम्पनीका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ