News Category 2078/07/03
दलित समुदायमा शिक्षाको पहुँच हुनुपर्छ : अर्थमन्त्री साह

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले दलित समुदायमा शिक्षाको पहुच हुनुपर्नेमा जोड दिएका छन् ।
सेभ द सप्तरीको २२ औं सधारण सभा एव सामाजिक लेखा परीक्षण कार्यक्रमको अवसरमा बोल्दै मन्त्री साहले सो कुरामा जोड दिएका हुन् ।
सप्तरी जिल्ला मानव सुचकमा एकदमै पछाडी परिसकेको भन्दै मन्त्री साहले दलित समुदायमा शिक्षाको पहुँच हुनुपर्ने बताए ।
सेभ द सप्तरीले जिल्लाको दक्षिणी भेगमा गरेको कामहरु उदाहरणीय रहेको भन्दै उनले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । देशमा राजनैतिक परिर्वतन भएपनि समाजमा आमजनता परिर्वतन हुनुपर्ने बताउदै मन्त्री साहले कृषि, शिक्षा, रोजगार लगायतका क्षेत्रमा ध्यान दिनुपर्ने सुझाव समेत दिए ।
राज्यको आँखा नपुगेको ठाउँमा संस्थाले समाजिक क्षेत्रमा महत्वपुर्ण काम गर्दै अएकोमा मन्त्री साहले प्रशंशा समेत गरे ।
सोही कार्यक्रममा प्रदेश सभा सदस्य गिता यादवले राज्यले ब्यवस्था गर्न नसकिएको कामहरु सेभ द सप्तरीले गरिरहेको बताउँदै महिलाहरु बाहिर निस्किन नसकेको अवस्थामा सस्थाले ग्रामिण भेगका महिलालाई १५ हजार रुपैया दिएर स्वरोजगार बन्न मद्दत गरेकोप्रति आभार व्यक्त गरिन् ।
कार्यक्रममा स्वास्थ प्रमुख दुनियालाल यादवले सप्तरी जिल्लाको विभिन्न भागहरुमा समृद्ध स्वास्थ्य, शिक्षामा काम गनुपर्ने जिकिर गरे । उनले स्वास्थ्य तथा बालबालिका क्षेत्रमा सेभ द सप्तरीले निरन्तरता काम गरिरहेको भन्दै लागु औषध सेवनमा फसेका बालबालिकाहरुको हितमा काम गर्न सुझाव दिए ।
सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश २ का मिडिया काउन्सील अध्यक्ष शिवहरीप्रसाद भटराई, गैसस महासंघका उपाध्यक्ष बलदेव मण्डल, पत्रकर महासंघका पूर्व अध्यक्ष धिरेन्द्रप्रसाद साह, सेभ द सप्तरीका संस्थापक गंगाराम साह, पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा सेभ द सप्तरीका बिभिन्न तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थाले बिगत २२ बर्षदेखि समामाजिक, शिक्षा, रोजगार, स्वास्थ्य र बालबालिकाको हितमा काम गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
- 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ