News Category 2078/07/03
महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा
दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
विगत तीन दिनदेखी भईरहेको अबिरल वर्षाका कारण सप्तरीको विभिन्न भाग डुबानमा परेको छ ।
निरन्तरको वर्षाका कारण सबैभन्दा बढी हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र राजविराज नगरपालिकाका अधिकाँश वडा डुबानमा परेका छन् । महुली खोलामा आएको बाढीले बाँध भत्काउदा हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा स्थित दलित वस्तीका ५० घर डुबानमा परेका छन् ।

महुली खोलमा पानीको उच्च वहावले महुली पुल देखी १० मिटर पुर्व गिदखोरा भन्ने स्थानमा बाँध भत्काउदा बाढी प्रवेश गरी दलित वस्तीको ५० घर डुवानमा परेको स्थानीयले जानकारी दिएका छन् ।

यस्तै जिता नदीको बाढीले तिलाठी कोईलाडी गाउपालिका ५ मा रहेको को.बर्साईनस्थित बाँध भत्कदा ५० घर डुबानमा परेको विपद ब्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिएका छन् । बाढीले सोही गाँउपालिका ३ सरकपुरा टोल जाने मुख्य सडक करिब १५ मिटर बगाएपछि आवागमन समेत अवरुद्ध भएको उनले जानकारी दिए ।

यस्तै हनुमाननगर कंकालीनी नगरपालिकाको वडा ४, ८, ११ र १३ तिलाठी कोइलाडी गाउँपालिकाको १, २, ३ र ८ तथा राजविराज नगरपालिकाको ५, ७, ८, १० र ११ वडाका विभिन्न वस्ती डुबानमा परेको छ ।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीले बाढीले भत्काएका बाँधहरुमा सम्बन्धित नगर र गाउँपालिका तथा प्रहरीको सहयोगमा तारजाली र ढुंगा राखेर मर्मतको काम भईरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ