News Category 2078/07/03
महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
विगत तीन दिनदेखी भईरहेको अबिरल वर्षाका कारण सप्तरीको विभिन्न भाग डुबानमा परेको छ ।
निरन्तरको वर्षाका कारण सबैभन्दा बढी हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र राजविराज नगरपालिकाका अधिकाँश वडा डुबानमा परेका छन् । महुली खोलामा आएको बाढीले बाँध भत्काउदा हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा स्थित दलित वस्तीका ५० घर डुबानमा परेका छन् ।
महुली खोलमा पानीको उच्च वहावले महुली पुल देखी १० मिटर पुर्व गिदखोरा भन्ने स्थानमा बाँध भत्काउदा बाढी प्रवेश गरी दलित वस्तीको ५० घर डुवानमा परेको स्थानीयले जानकारी दिएका छन् ।
यस्तै जिता नदीको बाढीले तिलाठी कोईलाडी गाउपालिका ५ मा रहेको को.बर्साईनस्थित बाँध भत्कदा ५० घर डुबानमा परेको विपद ब्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिएका छन् । बाढीले सोही गाँउपालिका ३ सरकपुरा टोल जाने मुख्य सडक करिब १५ मिटर बगाएपछि आवागमन समेत अवरुद्ध भएको उनले जानकारी दिए ।
यस्तै हनुमाननगर कंकालीनी नगरपालिकाको वडा ४, ८, ११ र १३ तिलाठी कोइलाडी गाउँपालिकाको १, २, ३ र ८ तथा राजविराज नगरपालिकाको ५, ७, ८, १० र ११ वडाका विभिन्न वस्ती डुबानमा परेको छ ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीले बाढीले भत्काएका बाँधहरुमा सम्बन्धित नगर र गाउँपालिका तथा प्रहरीको सहयोगमा तारजाली र ढुंगा राखेर मर्मतको काम भईरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ