News Category 2078/07/04
पत्नीलाई अस्पताल मै छाडी उपचार खर्च र न्यायका लागी भौतारिदै दास
दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक ।
सप्तरीको राजगढ गाउँपालिका ५ निवासी ५७ वर्षिय कमल प्रसाद दास मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएकी पत्नीलाई अस्पताल मै छाडी उपचार खर्च र न्यायका लागी भौतारिएका छन ।
उपचार खर्च जुटाउन र न्याय खोज्दै विहीवार सदरमुकाम राजविराज आईपुगेका दासले पत्रकार, अघिकारवादी र प्रहरीलाई भेटेर सहयोगको याचना गरेका हुन् ।
गत भदौं २८ गते मोटरसाईलको ठक्करबाट उनको ५० वर्षिया पत्नी रमा देवी गम्भीर घाईते भएकी थिइन । अहिले उनी विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेकी छिन् ।
काम विशेषले बाहिर निस्केको बेला हुलाकी सडक अन्तर्गतको मलेकपुर खण्डमा तिब्र गतीमा जादै गरेको स.८प. ८६८२ नम्बरको मोटरसाईकलले रमालाई ठक्कर दिएको थियो ।
प्रहरीले चालक राजगढ गाउँपालिका १ झुटकी निवासी २२ वषर््िाय शिव कुमार यादवलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको थियो । मोटरसाईकल पत्थरगाढा प्रहरी चौकीमा राखिए पनि चालक यादवलाई जिल्लामा पठाइएको थियो ।
घाईतेको सम्पुर्ण उपचार खर्च ब्यहोर्ने शर्तमा उनी रिहा भएका थिए । हाल भने उनी फरार भएको गाउँलेहरुले बताएका छन् । हाल सम्ममा औषधी बाहेक रमाको उपचार खर्च वापत ७ लाख ५० हजारको विल भएको छ । जस मध्ये ठक्कर दिने मोटरसाईकलका धनी एवं चालक शिवका परिवारले अस्पताललाई २ लाख ५० हजार मात्र बुझाएको र अरु रकम बाकी नै रहेको . कमलको भनाई छ ।
यसका अलावा औषधी पसलको १ लाख ५० हजार रुपैया पनि तिर्न बाकी नै छ । पत्नीको उपचारको क्रममा साहु महाजन संग चर्काे ब्याजमा लिएको १ लाख रुपैया पनि सकिएको उनले सुनाए ।
पेट, छाती र टाउकोमा गहिरो चोट देखिएको उनको शूरुमा राजविराजस्थित गजेन्द्र नारायण सिह र छिन्नमस्ता अस्तालमा उपचार गरिएको थियो । तर, अवस्थामा सुधार नआएपछि विराटनगरस्थित न्युरो, नोबेल र त्यसपछि गोल्डेन अस्पतालमा पुर्याइएको थियो.।
एक महिना भन्दा बढी समय वितिसक्दा पनि उनको अवस्थामा सुधार आउन नसकेको परिवारजनको भनाई छ ।
एलानी जग्गामा वसोवास गर्दै आएका विपन्न अवस्थाका उनी दैनिक मजदृरी गरेर परिवार पाल्दै आएका छन् । रकमकै अभावमा केही वर्ष अघि विरामी परेका एक्लो छोराको सम्पुर्ण उपचार गराउन नसक्दा मृत्यु भएको उनले सुनाए । घरमा कमाउने आपृmु मात्र भएको र पत्नीको हेरचारम खटिनु पर्दा झनै समस्या थपिएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ