News Category 2078/07/04
सद्भावना पार्टीद्वारा संविधान संशोधनको माग
दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक ।
नेपाल सदभावना पार्टीले असन्तुष्टीका बीच आएको संविधान संशोधन गर्नूृ पर्ने माग गरेको छ ।
विहीवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त पार्टीले सो माग गर्दै पार्टीका राष्ट्रिय उपाध्यक्ष दशरथ यादवले संविधान असन्तुष्टीका बीचबाट आएकोले सबैको भावना समेटन संविधान संशोधन गरिनु पर्ने बताए ।
समग्र मधेश एक प्रदेश आप्mनो पार्टीको प्रमृुख एजेन्डा मध्य एक रहेको बताउँदै महासचिव रामपृत यादवले विषेश गरी नागरिकता, निर्वाचन प्रणाली तथा मधेश प्रतिको सत्तासिन दलको हेराईमा विभेद देखीएकाले संविधान संशोधन आवश्यक रहेको बताए ।
सो पार्टी निकटका राष्ट्रिय महिला मंचकी अध्यक्ष सुनिता देवी अग्रवालले मधेशी, आदीवासी, जनजाती, मुश्लीम, सिमान्तकृत समुदाय लगायतका मुद्दा ज्युँका त्युँ रहेको बताईन ।
उनले स्थानीय तहको ्िनर्वाचनमा समेत लाखौं र करोडौ रुपैया खर्च गरी पार्टीको टिकट लिने र निर्वाचनमा सहभागी हुने प्रवृति बढ्न थालेपछि गरिब तथा योग्य उम्मेदवार आर्थिक कारणले नै त्यसबाट बन्चित हुने अवस्था आएकोले स्थानीय निर्वाचनमा पाटीबाट उम्मेदावरी दिने व्यवस्था हटाउनु पर्नेमा जोड दिईन ।
जिल्ला अध्यक्ष गंगा प्रसाद यादवले संविधानमा रहेका असन्तुष्टीलाई संशोधन गरी संम्बोधन नगरिए जटिलता थपिदै जाने भन्दै अबिलम्ब संविधान संशोधन गर्नू पर्ने माग गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ