News Category 2078/07/05
लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
जिता खोलाको बाढीले बगाएर तीन दिनदेखी वेपत्ता बनाएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षिय लालु भन्ने दिपेन्द्र मण्डल अझै भेटिएका छैनन ।
शसस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयले डुंगाको प्रयोग गरी शुक्रबार खोजी कार्यलाई ब्यापक बनाएको छ । बुधवार दिउसो सिमावर्ती भारतको कुनौली बजारबाट दिपावली र छठ पर्वका लागी केही किनमेल गरी फर्किदै गर्दा रमपुरामल्हनीया–हनुमाननगर सडक खण्डको जिर्ण पुल पार गर्ने क्रममा बाढीले मण्डललाई बगाएको थियो ।
उनीसंगै रहेका २८ वर्षिय संजिव मण्डल भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए । वेपत्ता मण्डलको खोजीका लागी शसस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठको निगरानीमा विगत तीन दिन देखी गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ ।
जिता नदीको बाढीले मण्डललाई भारतीय क्षेत्र तर्फ बगाएर लगेको हुन सक्ने अनुमान गर्दै भारतीय प्रहरी अधिकारीको सहयोगमा समेत खोजी कार्य ब्यापक बनाइएको उनको भनाई छ ।
यता बाढीले सो सडक खण्डको पृुल समेत ढलेको छ । जसकारण विगत तीन दिन देखी उक्त सडक खण्डमा आवागमन पुर्णरुपमा ठप्प भएको छ । वर्षा रोकिएकाले अबिलम्ब क्षतीग्रस्त पुलको मर्मत तथा आवागमन सुचारु गर्न स्थानीयले माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ