News Category 2078/07/05
लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प

दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
जिता खोलाको बाढीले बगाएर तीन दिनदेखी वेपत्ता बनाएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षिय लालु भन्ने दिपेन्द्र मण्डल अझै भेटिएका छैनन ।
शसस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयले डुंगाको प्रयोग गरी शुक्रबार खोजी कार्यलाई ब्यापक बनाएको छ । बुधवार दिउसो सिमावर्ती भारतको कुनौली बजारबाट दिपावली र छठ पर्वका लागी केही किनमेल गरी फर्किदै गर्दा रमपुरामल्हनीया–हनुमाननगर सडक खण्डको जिर्ण पुल पार गर्ने क्रममा बाढीले मण्डललाई बगाएको थियो ।
उनीसंगै रहेका २८ वर्षिय संजिव मण्डल भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए । वेपत्ता मण्डलको खोजीका लागी शसस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठको निगरानीमा विगत तीन दिन देखी गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ ।
जिता नदीको बाढीले मण्डललाई भारतीय क्षेत्र तर्फ बगाएर लगेको हुन सक्ने अनुमान गर्दै भारतीय प्रहरी अधिकारीको सहयोगमा समेत खोजी कार्य ब्यापक बनाइएको उनको भनाई छ ।
यता बाढीले सो सडक खण्डको पृुल समेत ढलेको छ । जसकारण विगत तीन दिन देखी उक्त सडक खण्डमा आवागमन पुर्णरुपमा ठप्प भएको छ । वर्षा रोकिएकाले अबिलम्ब क्षतीग्रस्त पुलको मर्मत तथा आवागमन सुचारु गर्न स्थानीयले माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ