News Category 2078/07/05
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गुप्तासहित तीनजना सम्मानित
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार नवीनकुमार गुप्तासहित तीन जना संचारकर्मी पुरस्कृत भएका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिका ५ स्थित गंगाजलीमा दिलिप स्मृति प्रतिष्ठानद्वारा शुक्रबार आयोजित सहिद दिलिप चौधरी स्तम्भ अनावरण समारोहमा गुप्तासहित न्युज टुडे डटकमका कार्यकारी सम्पादक बृजमान तामाङ र थारुवान डटकमका सम्पादक मदनकुमार चौधरी पुरस्कृत भएका हुन् ।
प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखी र सांसद शान्ता चौधरीले संयुक्त रुपमा पुरस्कृत तीनै जना पत्रकारहरुलाई सम्मान पत्र, दोसल्ला तथा नगद रु. ११ हजार प्रदान गरि सम्मान गरे ।
पत्रकारिताको माध्यमबाट शोषित पीडित बर्ग, समुदायको हक अधिकार सुनिश्चितताको लागि पुर्याएको अनवरत योगदानको उच्च सम्मानको गर्दै तिनै जना पत्रकारलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष राज कुमार लेखीले जानकारी दिए ।
पत्रकार गुप्ता सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाई विगत डेढ दशक भन्दा बढी समयदेखी पत्रकारिता क्षेत्रमा कार्यरत छन् । उनी विभिन्न संचारमाध्यममा कार्यरत छन् ।
प्रतिष्ठानका अध्यक्ष लेखीको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद शान्ता चौधरी, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, पूर्वमन्त्री हेमराज तातेड, सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार गौतम, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, लहान नगरपालिकाका उपप्रमुख ससिया चौधरी, नेकपा एमालेका राष्ट्रिय परिषद सदस्य राजेन्द्र प्रसाद चौधरी, सप्तकोशी नगरपालिका वडा नं. ५ का अध्यक्ष दिपक कुमार लेखी, पुरस्कृत पत्रकारत्रय बृजमान तामाङ, नवीनकुमार गुप्ता, मदन कुमार चौधरी लगायतकाले सहिद दिलिप चौधरीको योगदान बारे चर्चा गरेका थिए ।
यसअघि सहिद दिलिप चौधरीको स्तम्भको संयुक्त रुपमा प्रतिष्ठानका अध्यक्ष लेखी, सांसद चौधरी, पुर्व मन्त्री तातेड, राष्ट्रियसभा सदस्य प्याकुरेल लगायतले अनावरण गरेका थिए ।
सप्तरीको तत्कालीन फत्तेपुर गाबिसमा जन्मिएका सहिद दिलिप चौधरी बि.सं २०४२ सालमा बम काण्डको आरोपमा काठमाडांैस्थित ल क्याम्पसबाट पक्राउ परेका थिए । पक्राउ परेको लगतै उनको राज्य पक्षबाट हत्या गरिएको थियो । सहिद चौधरी पञ्चायती ब्यवस्थाको बिरुद्ध बि.सं २०३६ सालमा सप्तरी जिल्लाको फत्तेपुर कंचनपुर क्षेत्रमा भएको विद्यार्थी आन्दोलन तथा २०४२ सालको देशब्यापी बम काण्डको अगुवाई गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ