News Category 2078/07/06
पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन
राजविराज/नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रमानन्द प्रसाद गुप्ताको शनिबार बिहान निधन भएको छ ।
५८ वर्षीय गुप्ताको उच्च रक्तचापका कारण मष्तिस्कघात भएर उपचारको क्रममा निधन भएको हो । उनको गत बुधबार मष्तिस्कघात भएपछि न्युरो अस्पताल बिराटनगरमा उपचार हुँदै थियो ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाको पूर्व सभापति समेत रहेका गुप्ता २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रुपमा रहेका थिए । पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ सिरहा शाखाको संस्थापक सदस्य समेत थिए । उनको पत्नी, दुई छोरा र एक छोरी छन् ।
गुप्ताको शनिबार बिहान लहानस्थित खुट्टी खोलामा दाहसंस्कार गरिएको छ । उनको पार्थिव शरीरमा नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता र सप्तरी सभापति श्रवण देवले संयुक्त रुपमा पत्रकार महासंघको झण्डा ओढाएर सम्मान दिएका थिए । प्रेस चौतारी नेपालीले समेत झन्डा ओढाएर सम्मान व्यक्त गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ