News Category 2078/07/07
फुकुवापत्र दिएर पुन: ऋण वापतको ब्याज र जरिवाना लिने सनराइज बैंकको ठगि धन्दा
दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक ।
ऋणीले आफ्नो सम्पूर्ण कर्जा चुक्ता गरि बैंकद्वारा फुकुवापत्र पाइसकेर पनि तीन महिनापछि बैंकले बिना जानकारी सो ऋण वापतको ब्याज र जरिवाना लिएको तथ्यको खुलासा भएको छ ।
सप्तरीको बोदेबरसाइन नगरपालिका ५ स्थित मनि किराना पसलका संचालक कृष्णदेव भगतले आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि बैंकको सबै ऋण चुक्ता गरिसकेपछि पनि पुन: ब्याज र जरिवाना लिएको जानकारी दिएपछि सो तथ्यको खुलासा भएको हो ।

पसल संचालक भगतले राजविराजस्थित सनराइज बैंक लिमिटेडमा जग्गा धितो राखी लिएको २ करोड ५० लाख ऋण झण्डै चार महिनाअघि नै चुक्ता गरि गत असार १३ गते फुकुवापत्र समेत पाइसकेको अवस्थामा बैंकले आफूलाई कुनै जानकारी नै नदिई खाताबाट ४ लाख ४७ हजार १ सय ६५ रुँपैया कट्टा गरेको बताए ।
गत असोज ३१ गते आइपिएस ट्रान्सफरविधीमार्फत सिटिजन बैंकबाट २१ लाख ९३ हजार रकम सनराइज बैंकमा रहेको मनि किराना पसलको खातामा जम्मा भएपछि कात्तिक १ गते एक कारोबारीलाई २१ लाख ९२ हजार ५ सयको चेक काटेर दिएको तथा सो चेक वाउन्स भएपछि मात्र आफ्नो खाताबाट रकम कट्टा भएको थाहा पाएको उनको भनाई छ ।
सो सम्बन्धमा बैंकमा सम्पर्क गर्दा ऋण वापतको ब्याज ४ लाख ४१ हजार ८ सय ३६ र जरिवाना वापत ५ हजार ३ सय २९ गरि ४ लाख ४७ हजार १ सय ६५ रुँपैया काटिएकोप्रति आफू चकित भएको उनले सुनाए ।
उनले यसबारे सनराइज बैंकका शाखा प्रमुख मुकेश साहलाई कात्तिक १ गते नै फोन सम्पर्क गरि जानकारी लिदा बुझेर भन्छु भन्दै जवाफ दिएको र भोली पल्ट बिदा परेकोले कात्तिक ३ गते पुन: फोन सम्पर्क गर्दा शाखा प्रमुख साहले आफूलाई अभद्र ब्यवहार गरेको उनको आरोप छ ।
पसल संचालक भगतले बैंकको लापरवाहीले आफूले काटेको चेक बाउन्स हुँदा अन्यायमा परेको तथा कारोवारी समक्ष लज्जित हुनु परेको भन्दै सो प्रकरणको छानबिन, आफ्नो रकम फिर्ता र दोषिमाथी कारवाही हुनुपर्ने माग गरेका छन् ।
यता बैंकका शाखा प्रमुख साहले बचतकर्ता भगतसँग बैंकले कुनै अन्याय नगरेको भन्दै सिस्टममा गडबडीका कारण ब्याज लिन छुट भएको दाबी गरे । उनले भगतमाथी ऋण वापतको ब्याज र जरिवाना गरि बाँकी रहेको रकम खाताबाट कट्टा भएको बताए ।
संचारकर्मीहरुले शाखा प्रमुख साहसँग ऋण, ब्याज र जरिवाना वापतको रकम बाँकी नै रहँदा बैंकले कसरी जग्गा फुकुवा पत्र दियो भन्ने जिज्ञासामा बैंक प्रमुख साहले कम्प्युटर सिस्टमको गडबडीका कारण यस्तो हुन गएको र पछि कम्प्युटरले देखाए अनुसार निजको खाताबाट रकम काटिएको जानकारी दिए ।
श्रोतका अनुसार यसअघि सनराइज बैंकमा रहेको एक कार्यालयको खातामा जम्मा हुनुपर्ने ७५ लाख रुँपैया जम्मा नभएको देखाएको छ । तर, सो कार्यालयले जम्मा गरेको उक्त रकमको भौचर राखेकोले हाल सो विषयमा दुई कर्मचारीलाई बैंकले निलम्बन गरि छानबिन सुरु गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ