News Category 2078/07/08
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ

दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
सनराइज बैंक लिमिटेड प्रदेश २ का प्रमुख रोहित महासेठले बैंकले कुनै ग्राहकलाई ठग्ने काम नगरेको स्पष्ट पारेका छन् ।
बैंकको राजविराज शाखामा प्रदेश प्रमुख महासेठले सोमबार संचारकर्मीहरुसँग भेटघाट गर्दै कुनै पनि ऋणीको एक पैसा पनि बढी ब्याज नलिएको भन्दै ऋण चुक्ता गर्ने बेलामा कम्प्युटर सिस्टममा प्राविधिक गडबडी आएकोले फुकुवापत्र दिइसकेर चुक्ता गरिएको ऋण वापतको ब्याज र जरिवाना लिएको जानकारी दिए ।
उनले बैंकबाट कुनै पनि ग्राहकले ऋण लिन्छ, सो बेलामा गरिने सम्झौता पत्रमा ऋण चुक्ता गरिसकेपनि भुलवस कुनै त्रृटीले ब्याज लिन छुट भएमा बैंकले सो ब्याज जहिलेपनि लिन सक्ने प्रावधान रहेको बताए ।
बैंकले ग्राहकलाई कुनै अभद्र ब्यवहार नगरेको उल्लेख गर्दै प्रदेश प्रमुख महासेठले बैंकले जहिलेपनि ग्राहक सन्तुष्ट पार्ने काम गर्ने गरेको बताए । उनले बैंकका कारण ग्राहकलाई पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरे ।
यसअघि सप्तरीको बोदेबरसाइन नगरपालिका ५ स्थित मनि किराना पसलका संचालक कृष्णदेव भगतले बैंकको सबै ऋण चुक्ता गरिसकेर फुकुवापत्र दिइसकेपछि पनि पुन: ब्याज र जरिवाना लिएको भन्दै आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएका थिए ।
पसल संचालक भगतले राजविराजस्थित सनराइज बैंक लिमिटेडमा जग्गा धितो राखी लिएको २ करोड ५० लाख ऋण झण्डै चार महिनाअघि नै चुक्ता गरि गत असार १३ गते फुकुवापत्र समेत पाइसकेको अवस्थामा बैंकले आफूलाई कुनै जानकारी नै नदिई खाताबाट ४ लाख ४७ हजार १ सय ६५ रुँपैया कट्टा गरेको बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ