News Category 2078/07/09
दोषीलाई कारबाहीको माग गर्दै ईन्जिनियरहरुले बुझाए ज्ञापन
दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका आयोजना प्रमुख राजेश कुशवाहामाथि जनमत पार्टीका नेता कार्यकर्ताहरुद्वारा गरिएको अमानवीय व्यवहारको नेपाल ईन्जिनियरिङ् समाज घोर भत्र्सना गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
समाजका केन्द्रीय अध्यक्ष इ. सन्जिव नारायण यादवको अगुवाइमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गोतम मार्फत गृहमन्त्री समक्ष सो ज्ञापनपत्र बुझाएका हुन् ।
बुझाएको ज्ञापनपत्रमा देशको उच्च मर्यादित बुद्धिजीवी ईन्जिनियर तथा राष्ट्र सेवक कर्मचारीमाथि गरिएको अमानवीय व्यवहारको पराकाष्ठ रहेको भनिएको छ ।
समाजको उच्च व्यक्ति देश विकासमा अग्रपंक्तिमा को रुपमा स्थापित रहेको सिडिई लाई दिन दहाडै तालिवानी शैलिमा कार्यलय प्रवेश गरि कुशवाहलाई हाथपात गरि अमानवीय तरिकाले कार्यालय प्रमुख लाई नगर परिक्रमा गराउँदा पनि प्रहरी प्रसासन मुखदर्शकको रुपमा बसेको देख्दा देशमा कानुनी शासन नभएको अनुभुती भएको उल्लेख गरिएको छ ।
यस्तै नेपाल ईन्जिनियरिङ् समाज प्रदेश नम्बर दुई समिति अन्तर्गत रहेको सम्पूर्ण ईन्जिनियरहरुको तर्फबाट कडा कारवाहीको जोडदार माग गर्दै विभिन्न समयमा कर्मचारीहरु लाई कुटपिट दुव्र्यवहार संग जोडिएको व्यक्तिलाई समयमा कारबाही माग गरेका छन् ।
कर्मचारीहरुलाई मनोवल बढाउन नसके देश भरी विरोध को कार्यक्रम घोषणा गरि ईन्जिनियरिङ् सेवा पूर्ण रुपमा ठप्प गर्ने चेतावनी समेत दिएका छन् ।
त्यैसैगरि नेपाल ईन्जिनियर्स एसोसिएसनको अगुवाइमा देश भरि नै नेपाल ईन्जिनियरिङ् सोसाइटी लगायत को संगठनरु शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रमको तस्बिर सहित प्रदर्शनमा सहभागी भएका ईन्जिनियरहरु लाई धम्कीपूर्ण भाषामा डा सिके राउत सचिवालयको अधिकारीक पेजबाट गरिएको पोस्ट प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
साथै यस प्रकारको तुच्छ शब्दको प्रयोग गरी कुनै अधार– प्रमाण बिना नै भ्रष्टाचारको हवाला दिइ कर्मचारी माथी भौतिक आक्रमण गर्ने लगायतका विभिन्न धम्कीहरु सिके राउत र उनका कार्यकर्तातहरुले समाजमा द्वन्द्व निम्त्याउन खोजेको भन्दै आवश्यक छानबिन गरी कानुन बमोजिम कडा कारवाहीको लागि जोडदार माँग समेत गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ