News Category 2078/07/09
हावाहुरीका कारण २५ लाख भन्दा बढीको केरा बगानमा क्षति

दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
गत साता आएको अविरल वर्षासंगै चलेको हावहुरीका कारण सप्तरीको खडक नगरपालिका वडा नं. १० स्थित केरा बगानमा क्षति भएको छ ।
झण्डै १५ बिगहा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयारी हुन लागेको ३५ सय केरा क्षति भएको छ ।
दुई वर्ष अघि संचालनमा आएको सो केरा बगानमा २५ लाखभन्दा बढिको लगानी डुवेको फर्मका संचालक उमेश साहको भनाइ छ । उनले भने, “सुरुका वर्ष राम्रै कमाइ भएको तर, यस पटक हावाहुरी र वर्षाले लगानी समेत डुबायो । घरका सबै जग्गा जमिन बैंककमा धितो राखेर ऋृण उठाएर बगानमै लगानी गरे तर, प्राकृतिक प्रकोपले सबै बर्वाद गरिदियो ।”
बाली कृषि बिमाका लागि निवेदन दिदा हालसम्म त्यसको सुनुवाई नभएको उनले बताए । शिक्षण पेशा छोडेर कृषि पेशामा लागेकोमा अहिले पछुतो लागिरहेको उनको भनाइ छ । दश वर्ष शिक्षण पेशामा आवद्ध रहेका साहले कृषिमा राम्रो आम्दानी होला भन्ने सोचेका साथ सो पेशामा लागेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ