News Category 2078/07/10
नेपाल लाईफ ईन्स्योरेन्सका अभिकर्तालाई पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
नेपाल लाईफ ईन्स्योरेन्स शाखा कार्यालय कंचनपुरको आयोजनामा अभिकर्ता पुर्नताजगी तथा सम्मान कार्यकम बुधबार सम्पन्न भएको छ ।
राजबिराजमा आयोजित कार्यक्रममा अभिकर्ता, एजेन्सी म्यानेजर बरिष्ठ म्यानेजर लगायतले उत्कृष्ट कार्य गरे बापत उनीहरूलाई सम्मान गरिएको हो ।
उक्त अवसरमा सप्तरी कार्यक्षेत्र बनाएर बिमा गर्ने एजेन्सी म्यानेजर लक्ष्मी रजक, बरिष्ठ म्यानेजर दशरथ दास, सुकेश राय, मोकेन्द्र यादब, राजकुमार दास, कैलाश झा, सत्य नारायण यादब लगायत ५३ जनालाई सम्मान गरिएको नेपाल लाईफ ईन्स्योरेन्स कम्पन्नी कंचनपुर शाखा प्रबन्धक जय दत्तले जानकारी दिएका छन ।
उक्त कार्यक्रममा नेपाल लाईफ ईन्स्योरेन्स कम्पन्नीका कार्यकारी अधिकृत सन्तोष प्रसाईले बिमा ब्यबसायलाई सुरक्षित तथा समृद्व बनाउन छोराछोरीको उच्च शिक्षा अथवा विदेश गएर पढ्ने चाहना, शिक्षा, दिक्षा, छोराछोरीलाई शिक्षादिक्षाको व्यवस्था गराउन बिमाले सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।
उनले विवाहको प्रवन्ध मिलाउनको निम्ति ठूलो खर्च आईलाग्ने भएकोले बाबु–आमालाई यसको बोझ हल्का गराउन बीमा सुरक्षित उपाय रहेको बताए ।
ईन्स्योरेन्स कम्पन्नी प्रदेश २ का क्षेत्रिय प्रबन्धक दशरथ झाले जीवन अमुल्य भएकोले जिवनको सुरक्षित बनाउन बिमा ब्यवसाय एक मात्र बिकल्प रहेको बताए । उनले बिमा कठिन ब्यवसाय भएकोले मानिसको जीवन सुरक्षित बनाउनका लागि सम्पुर्ण नेपालीले बिमा गर्न तर्फ अग्रसर हुनुपर्नेमा जोड समेत दिए ।
यसैगरी कम्पनीका डिसियो सुशिल चौधरीले भविष्यप्रति विभिन्न प्रकारका प्रलेख बीमा गराएर ढुक्क हुन भन्दै वृद्ध अवस्थामा पनि आनन्दका साथ दिन बिताउन बिमा माध्यम हुनजान्छ ।
नेपाल लाईफ ईन्स्योरेन्स शाखा कंचनपुर ईन्स्योरेन्स शाखा अध्यक्ष तथा सिनियर एजेन्सी म्यानेजर मोकेन्द्र यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा कंचनपुर शाखा प्रबन्धक जय दत्त, राजबिराज शाखा प्रबन्धक भोगेन्द्र साह, राजबिराज अध्यक्ष दशरथ दास, सत्य नारायण यादब, राजकुमार दास लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन बरिष्ठ म्यानेजर कैलाश झाले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ