News Category 2078/07/11
बाढीमा वेपत्ता भएका लालुको शव फेला

दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
जिता खोलामा आएको बाढीले बगाएर वेपत्ता भएका लालुको शव बिहीबार नौं दिनपछि फेला परेको छ ।
३ गते बाढीले बगाएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षिय लालु भन्ने दिपेन्द्र मण्डलको शव बिहीबार भारतस्थित जिता खोलामा भेटिएको हो ।
प्रहरीका अनुसार मण्डलको शव दिउँसो १ बजेतिर सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपंचयात वडा १० स्थित जिता खोलाको बगरमा सडेगलेको अवस्थामा फेला परेको हो ।
भारतीय क्षेत्रमा मण्डलको शव भेटिएको जानकारी आएपछि भारतीय प्रहरी अधिकारीसँग समन्वय गरि शव जिम्मामा लिई मृतकका पिता शम्भु मण्डललाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
भारतीय बजार कुनौलीबाट किनमेल गरि फर्किदै गर्दा हनुमानगर–रम्पुरा मल्हनिया सडकखण्डको जिर्ण पुल पार गर्ने क्रममा मण्डललाई जिता खोलाको बाढीले बगाएको थियो । घटनास्थल र आसपास क्षेत्रमा लगातार सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजि कार्य जारि राखेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ