News Category 2078/07/12
कार्यकर्ता रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
कार्यकर्ताको रिहाईको माग गर्दै आन्दोलनरत जनमत पार्टीले शुक्रबार राजविराजसहित जिल्लाको प्रमुख बजारमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
राजविराजमा शिवमन्दिरको प्राङ्गणबाट मसालसहित निस्केको जुलुसले कार्यकर्ता रिहाईको माग तथा सरकारबिरुद्ध चर्को नाराबाजी गर्दै बजारको विभिन्न भागको परिक्रमा गरेको थियो ।
काममा ढिलासुस्ती तथा विकास निर्माण कार्यमा आर्थिक अनियमितता गरेको भन्दै कात्तिक ४ गते जनकपुरमा संघीय ढल विकास तथा खानेपानी कार्यालयका निमित्त प्रमुख इन्जिनियर जागेश्वर कुशवाहामाथी भएको दुव्र्यवहारमा संलग्न रहेको आरोपमा जनमत पार्टीका १७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरि मुद्दा दर्ता गरेको छ ।
यसअघि सोमबार आन्दोलन समिति गठन र सिटी जुलुस, मंगलबार मोटरसाइकल ¥याली, बुधबार बिरोध सभा र बिहीबार हरेक वडामा यूवा दस्ता प्रशिक्षण लगायतका आन्दोलन कार्यक्रम सम्पन्न गरिसकेका सो पार्टीले शनिबार अधिवेशन कार्यक्रम र आइतबार आन्दोलनको समिक्षा गरि आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गर्ने तयारी गरेको पार्टीका जिल्ला सचिव थानेश्वर साहले जानकारी दिए । यस्तै पार्टीका वरिष्ठ नेता अनिस अंसारीले भ्रष्टाचारको अन्त्य तथा कार्यकर्ता रिहाईका लागि थालिएको आन्दोलन अझ सशक्त रुपमा अघि बढ्ने बताए ।
मसाल जुलुस पश्चात् आयोजित बिरोधसभालाई वरिष्ठ नेता अंसारी, जिल्ला सचिव साहलगायतले सम्बोधन गर्दै पक्राउ परेका कार्यकर्ताको रिहाई तथा भ्रष्टाचार उन्मूलन नभएसम्म आन्दोलन अझ सशक्त रुपमा अघि बढ्ने चेतावनी समेत दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ