News Category 2078/07/13
उम्मेदवार अग्रवालद्वारा शुभकामना आदान प्रदान
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
उद्योग बाणिज्य संघ सप्तरीको अध्यक्ष पदका एक उम्मेदवार लालुप्रसाद अग्रवालले शनिबार शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिेका छन् ।
उद्योग बाणिज्य संघको सभाकक्षमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा श्यामबाबा सप्लार्यसका संचालक समेत रहेका अग्रवालले उद्योगि व्यवसायीहरुको छाता संगठनलाई सबैको साझा संगठन बनाउन आफ्नो उम्मेदवारी रहन स्पष्ट पारे ।
आफूले जिम्मेवारी पाए कोरोनाका कारण संकटमा परेको व्यापार व्यवसायलाई उकास्न क्षमताले भ्याएसम्म पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, पूर्व अध्यक्ष मनोज मुन्धडा, पत्रकार महासंघका पूर्व अध्यक्ष मूरली प्रसाद यादव, इटा व्यवसायी संघका अध्यक्ष दुर्गानन्द साह, उद्योगी एवं कानुन व्यवसायी सुरेश सिंह लगायतले दिपावली एवं छठ पर्वको शुभकामनासहित संघको आगामी निर्वाचनमा योग्य, सक्षम र इमान्दार व्यक्तित्वलाई नेतृत्व सुम्पनु पर्नेमा जोड दिएका थिए ।
व्यवसायी बैजु जोशीद्वारा संचालित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने एक दर्जन व्यक्तित्वलाई सम्मान गरिएको थियो । उद्योग बाणिज्य संघ सप्तरीले आउदो मंसिर ४ गतेलाई शाखाको निर्वाचन तोकेको छ । जसमा जिल्लाको १८ वटै स्थानिय तहका गरि संघमा करिब २ हजार मतदाता छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ