News Category 2078/07/14
बाढीले भत्काएको पुल बन्न नसक्दा आवगमन ठप्प

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
दुई साताअघि आएको बाढीले जिर्ण भइसकेको पुल भत्काएपछि पूर्ण रुपले आवागमन ठप्प भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका अन्तरगत पर्ने बेल्ही–मल्हनिया सडकखण्डको पुल बाढीले भत्काएको थियो । कात्तिक १ गतेदेखी तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले उक्त पुल र सडकको १५ मिटरजति भाग बगाएको थियो ।
बेल्हीस्थित राजविराज भन्सार कार्यालय हुँदै मल्हनिया र हनुमाननगर बजार जोड्ने उक्त पुल भत्किएपछि यातायात पूर्ण रुपले ठप्प हुनुका साथै पैदल आवतजावत गर्नेहरुलाई निकै समस्या भएको छ ।
जिर्ण भइसकेको पुलबाट जोखिम मोलेर आवतजावत गरिरहँदा अहिले पुलसहित बाटो पनि बाढीले बगाएपछि पैदलयात्रुहरुलाई निकै सास्ती व्यहोर्नु परिरहेको छ ।
अहिले पानी सुकेसकेपनि सडक विभागले कुनै चासो नदिदा आवागमन ठप्पै रहेको र आफूहरु समस्यामा परेको स्थानिय पंकज झाको गुनासो छ ।
५/६ किलोमिटरको दुरीमा रहेको हनुमाननगर बजार अहिले बाटो अवरुद्ध भएपछि बैकल्पिक मार्ग राजविराज हुँदै २५ किलोमिटरको घुमाउरो बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेको उनको भनाई छ ।
यता स्थानियले भत्केको पुल र सडक चाडो निर्माण गरि आवागमन सूचारु र सहज बनाउन सम्बन्धीत निकायसँग माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ