News Category 2078/07/14
बाढीले भत्काएको पुल बन्न नसक्दा आवगमन ठप्प
दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
दुई साताअघि आएको बाढीले जिर्ण भइसकेको पुल भत्काएपछि पूर्ण रुपले आवागमन ठप्प भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका अन्तरगत पर्ने बेल्ही–मल्हनिया सडकखण्डको पुल बाढीले भत्काएको थियो । कात्तिक १ गतेदेखी तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले उक्त पुल र सडकको १५ मिटरजति भाग बगाएको थियो ।
बेल्हीस्थित राजविराज भन्सार कार्यालय हुँदै मल्हनिया र हनुमाननगर बजार जोड्ने उक्त पुल भत्किएपछि यातायात पूर्ण रुपले ठप्प हुनुका साथै पैदल आवतजावत गर्नेहरुलाई निकै समस्या भएको छ ।
जिर्ण भइसकेको पुलबाट जोखिम मोलेर आवतजावत गरिरहँदा अहिले पुलसहित बाटो पनि बाढीले बगाएपछि पैदलयात्रुहरुलाई निकै सास्ती व्यहोर्नु परिरहेको छ ।
अहिले पानी सुकेसकेपनि सडक विभागले कुनै चासो नदिदा आवागमन ठप्पै रहेको र आफूहरु समस्यामा परेको स्थानिय पंकज झाको गुनासो छ ।
५/६ किलोमिटरको दुरीमा रहेको हनुमाननगर बजार अहिले बाटो अवरुद्ध भएपछि बैकल्पिक मार्ग राजविराज हुँदै २५ किलोमिटरको घुमाउरो बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेको उनको भनाई छ ।
यता स्थानियले भत्केको पुल र सडक चाडो निर्माण गरि आवागमन सूचारु र सहज बनाउन सम्बन्धीत निकायसँग माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ