News Category 2078/07/16
राजनैतिक पार्टीहरुकै संरक्षणमा भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत

दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मुलुकमा राजनैतिक पार्टीहरुकै संरक्षणमा भ्रष्टाचार भइरहेको आरोप लगाएका छन् ।
कांग्रेस, एमाले, माओवादी, जसपाले देशलाई चरम गरिवीको चपेटामा पार्दै उनीहरुकै संरक्षणमा भ्रष्टाचार मौलाएकोले यसलाई नियन्त्रण गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड समेत दिएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका ३ स्थित बरमझियामा सोमबार जनमत पार्टी नगरसमिति कञ्चनरुपद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सो कुरामा जोड दिएका हुन् ।
उनले अब भ्रष्टाचारीलाई जनताबाटै जनकारबाही शुरु गरिसकेकोले यसमा सबैको सहयोग आवश्यक रहेकोले देशको विकास र सुशासनका लागि जनमत पार्टी स्थापना भएको उल्लेख पनि गरे ।
उनले देशको विकास र समृद्धिमा प्रमुख बाधक भ्रष्टाचार नै रहेकोले देशको विकास र सुशासनका लागि विभिन्न निकायमा भइरहेको भ्रष्टाचार तत्काल रोक्नुपर्ने बताए ।
कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष मो.अब्दुल खानले मधेसी जनताको अधिकार प्राप्त गर्न अगामी निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
जनमत पार्टी कंचनरुप नगर समितिका अध्यक्ष अनिल पंजियारको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सह–सचिव शिवनन्दन मेहता, नेता ईन्द्रदेव कौडरिया, उमेश दास, मो. समिम शेख, बिशेश्वर मेहतालगायतले सम्बोधन गर्दै भ्रष्टाचारीहरुलाई जनकारवाही गर्ने चेतावनी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ