News Category 2078/07/22
उबा संघ सप्तरीको नेतृत्वका लागि तीन जनाको उम्मेदवारी घोषणा

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
उद्योग बाणिज्य संघ सप्तरीको नयाँ नेतृत्वका लागि आउँदो मंसिर ४ गते निर्वाचन हुने भएको छ । नयाँ नेतृत्वका लागि शुभकामना आदान प्रदान कार्यक्रम मार्फत उम्मेदबारहरुले धमाधम आफ्नो उम्मेदवारी घोषणा गर्दैछन् ।
संघका उपाध्यक्ष शंकर दासले आइतबार सोही कार्यक्रम मार्फत अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केही दिन अघि मात्र तिहार र छठ पर्वको अवसर पारेर यस्तै कार्यक्रम मार्फत उद्योगि लालुप्रसाद अग्रवालले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यसअघि संघका पूर्वअध्यक्ष मनोज मुन्धडाले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
छठको अवसर पारेर आयोजना गरिएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्दै उपाध्यक्ष दासले लामो समयदेखी उपाध्यक्ष बनेर संघको व्यवस्थापनको अनुभव रहेकोले सोही अनुभवलाई व्यवसायीको पेशागत हकहित र सुरक्षामा अझ सशक्त रुपमा प्रयोग गर्न उम्मेदवार घोषणा गरेको बताए ।
उनले आफूले नेतृत्वको जिम्मा पाए सदैब ब्यवसायीको पेशागत हकहित र संघको मर्यादाका लागि काम गर्ने बताउँदै आफ्नो मिशन सप्तरीको समग्र विकास पनि हुने प्रतिबद्धता जनाउदै सहयोगका लागि आग्रह गरे ।
यता अध्यक्षसहित १४ पदका लागि हुने निर्वाचनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको वर्तमान अध्यक्ष अरुण प्रधानले बताए । उनले नयाँ नेतृत्वका लागि आफूले सहमतिमै चयन गर्ने प्रयास गरिरहे पनि अहिलेसम्म सफलता नमिलेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ