News Category 2078/07/22
उबा संघ सप्तरीको नेतृत्वका लागि तीन जनाको उम्मेदवारी घोषणा
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
उद्योग बाणिज्य संघ सप्तरीको नयाँ नेतृत्वका लागि आउँदो मंसिर ४ गते निर्वाचन हुने भएको छ । नयाँ नेतृत्वका लागि शुभकामना आदान प्रदान कार्यक्रम मार्फत उम्मेदबारहरुले धमाधम आफ्नो उम्मेदवारी घोषणा गर्दैछन् ।
संघका उपाध्यक्ष शंकर दासले आइतबार सोही कार्यक्रम मार्फत अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केही दिन अघि मात्र तिहार र छठ पर्वको अवसर पारेर यस्तै कार्यक्रम मार्फत उद्योगि लालुप्रसाद अग्रवालले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यसअघि संघका पूर्वअध्यक्ष मनोज मुन्धडाले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
छठको अवसर पारेर आयोजना गरिएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्दै उपाध्यक्ष दासले लामो समयदेखी उपाध्यक्ष बनेर संघको व्यवस्थापनको अनुभव रहेकोले सोही अनुभवलाई व्यवसायीको पेशागत हकहित र सुरक्षामा अझ सशक्त रुपमा प्रयोग गर्न उम्मेदवार घोषणा गरेको बताए ।
उनले आफूले नेतृत्वको जिम्मा पाए सदैब ब्यवसायीको पेशागत हकहित र संघको मर्यादाका लागि काम गर्ने बताउँदै आफ्नो मिशन सप्तरीको समग्र विकास पनि हुने प्रतिबद्धता जनाउदै सहयोगका लागि आग्रह गरे ।
यता अध्यक्षसहित १४ पदका लागि हुने निर्वाचनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको वर्तमान अध्यक्ष अरुण प्रधानले बताए । उनले नयाँ नेतृत्वका लागि आफूले सहमतिमै चयन गर्ने प्रयास गरिरहे पनि अहिलेसम्म सफलता नमिलेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ