News Category 2078/07/22
८६ हजारमा कलम बिक्रि
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
चित्रगुप्त सेवा समिति सप्तरीद्वारा भगवान चित्रगुप्तको हातमा राखिएको कलम यस वर्ष ८६ हजार ६ सय ६६ रुँपैयामा बिक्रि भएको छ ।
राजविराजस्थित चित्रगुप्त मन्दिरमा शनिबार साँझ आयोजित एक कार्यक्रममा राजविराज २ निवासी कृष्णदेव दत्तले उक्त रकमको बोली लगाएर कलम खरीद गरेका हुन् ।
डाकबढाबढ गरि सर्वाधिक रकमको बोलि लगाउने व्यक्तिलाई उक्त कलम बिक्रि गर्ने र सो रकम शिक्षा, स्वास्थ्य र समाजसेवा लगायतका क्षेत्रमा खर्चिने गरिएको समितिका अध्यक्ष अशोक कर्णले बताए ।
महासचिव सतिश दत्तका अनुसार भाइटिकाका दिन मनाइने यस पूजामा कायस्थ समुदायले आफ्ना वंश पिता भगवान चित्रगुप्त र कलमको एकै साथ पूजा गर्ने गर्छन् । उनले कलम खरीद गर्ने प्रतिस्पर्धा समितिले विगत ४२ वर्षदेखी गर्दै आएको जनाए ।
सोही अवसरमा सो समुदायका ९ जना छात्रछात्रालाई वर्षेणी चित्रगुप्त छात्रबृति रकम समेत प्रदान गर्ने गरिएको छ । यसपटक छात्रतर्फ राहुल दत्त तथा छात्रातर्फ महिमा कर्ण, भूमिका कर्ण, प्रियांशु चौधरी, नेहा कर्ण, पल्लवी कर्ण, अर्चना कर्ण र प्रिया कर्णलाई चित्रगुप्त छात्रबृत्ति प्रदान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ