News Category 2078/07/22
राष्ट्र पर्व छठको तयारी सुरु
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
राष्ट्र पर्वको रुपमा विकसित हुँदै गएको साझा पर्व “छठ पर्व” आजदेखी विधिवत् रुपमा सुरु भएको छ । हरेक वर्ष दशैं, दिपावली लगत्तै छठ पर्व मनाइन्छ ।
सुरुमा तराइवासीहरूले मात्र मनाउने छठ पर्व अहिले अन्य जातजाति एवं पहाडी क्षेत्रमा समेत मनाउन थालेपछि यस पर्वलाई साझा पर्वको रुपमा मनाउन थालिएको हो ।
गत दुई वर्ष कोरोना महामारीको त्रासका बीच खुल्ला रुपमा मनाउन नपाएका छठ पर्व यस पटक कोरोनाको त्रास केही कम भएपछि जलाशयमै गएर पर्व मनाउने तयारीमा स्थानियहरु जुटेका छन् ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउँने चार दिवसीय छठ पर्व सोमबार नहाई खाई बिधीबाट बिधिवत सुरु भएको छ । मंगलबार पर्वको दोश्रो दिन ब्रतालुहरुले खरना गर्दैछन् ।
विभिन्न ठाउँका जलासयमा छठ पर्वका लागि सरसफाई, घाँट बनाउने र सजाउने काम तिब्र रुपमा अघि बढेको छ । बजारमा छठी मईयाको महिमा समेटिएको गित गुन्जिन थालेको छ भने छठ पर्व मनाउन स्थानियवासी आवश्यक सामाग्रि किन्न हटिया तथा बजारतर्फ भिड लागेका छन् । ग्रामिण क्षेत्रका बजारमा समेत चहलपहल निकै बढेको छ ।
राजविराजस्थित भगवति मन्दिरको पोखरी, कल्टु दास पोखरी, सकलदेव दास पोखरी, तुरन्ती पोखरी तथा जिल्लाको कंचनपुर, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर सहितको दर्जनौ ठाउँमा घाट बनाएर भव्यतापूर्वक पूजापाठ गर्ने तयारी गरिदै छ । यता भारदहस्थित कोशी व्यारेजमा सप्तरी, सुनसरी, सिरहासहित सीमावर्ती भारतीय गाउँबाट समेत आएर श्रद्धालुहरुले छठका लागि स्थान ओगट्दै छन् ।
छठघाटको सरसफाईमा विभिन्न जलाशयमा सेना, प्रहरी र जनप्रतिनिधिले सहयोग गरिरहेका छन् । यस पल्ट सोमबार नहाय खाय विधिबाट चार दिवसीय छठ पर्व सुरु हुँदैछ ।
यता जिल्ला प्रशसन कार्यालय र जिल्ला प्रहरी कार्यालयले कोरोनाको जोखिम कायमै रहेको भन्दै भिडभाड नगरि स्वास्थ्य सुरक्षाका मापदण्ड तथा भौतिक दुरी कायम गरि छठ पर्व मनाउन सर्वसाधारणसँग अपिल गरेको छ ।
यस्तै हरेक छठघाट पूजा स्थलमा आवश्यक सुरक्षा व्यवस्थाका लागि विभिन्न रणनीति तयार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
छठ पर्वको विशेषता, लोकप्रियता र सबै माझ साँझा हुँदै जाँदा नेपाल सरकारले एक दिने सार्वजनिक विदा दिने निर्णय गरेको छ भने प्रदेश २ सरकारले छठ पर्वको अवसरमा दुई दिने विदा दिने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ