News Category 2078/07/22
कोइलाडीमा स्वास्थ्य चौकी भवन तथा वर्थिङ्ग सेन्टर उद्घाटनसँगै संचालन

दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ कोइलाडीको नवनिर्मित स्वास्थ्य चौकी भवन तथा वर्थिङ्ग सेन्टरको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । यो सँगै सप्तरीमा बर्थिङ सेन्टरको संख्या ३३ पुगेको छ ।
उक्त नवनिर्मित भवनको राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले उद्घाटन गर्दै स्वस्थ नागरिकले मात्र स्वस्थ समाजको निर्माण गर्ने भएकोले सुविधा सम्पन्न स्वास्थ्य संस्था आवश्यक रहेको बताएका छन् ।
सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले करिब ६० लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टर निर्माण गरिएको जानकारी दिँदै सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउने तथा गर्भवति महिलालाई आफ्नै गाउँठाउँमा सुरक्षित साथ सुत्केरी गराउने गाउँपालिकाको नीति अनुरुप वर्थिङ्ग सेन्टर सञ्चालन गरिएको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले स्वास्थ्य सेवा गाउँपालिकाको प्रमुख प्राथमिकतामा रहेको जानकारी गराउँदै नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने गाउँपालिकाको नीति बमोजिम सबै वडाका स्वास्थ्य संस्थाहरुको संस्थागत विकासमा लागिपरेको बताए ।
गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको अध्यक्षतामा सम्पन्नउद्घाटन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव, सेभ द चिल्डे«नका देवकृष्ण भगत, वडा अध्यक्षद्वय खगेन्द्र मण्डल र मनोज चौधरीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
- 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ